Shittalpati
पाल्पामा थपिदै सुविधाजनक बसहरु

पाल्पा, यात्रुको सुविधा र सेवालाई मध्यनजर गरी पाल्पामा सोफा सिटर बस थपिदै  लगिएको छ ।  पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. पाल्पाबाट दसैं यता काठमाडौंका लागि ६ वटा सुविधाजनक रात्रीकालिन सोफा सिटर बस सञ्चालनमा ल्याइएको प्रा.लि.का प्रमुख डोलराज भट्टराईले बताए ।

४ वटा बस सञ्चालन हुँदैं आएकोमा बुधबारदेखि रामजी ढुंगाना र विकाश भट्टराईले २ वटा बस सञ्चालनमा आएका छन् । एउटा बसको करिब  १ करोड मुल्य खर्चेर व्यवसायीले यात्रुलाई सुविधाजनक बसमा यात्रा गराउने बताएका छन् । पाल्पा दरबार नाम रहेको नयाँ बसमा आरामदायी सोफा सिट, ब्लाङ्केट, फ्रि वाइफाई, जि.पि.एस., ए.सी., सी.सी. क्यामेरा, चार्जर र पानीको सुविधा रहेको छ । विगतमा सुविधाजनक बसमा यात्रा गर्न बुटवल जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै पाल्पाबाट नै काठमाडौं यात्राको लागी रात्रीकालिन बस सेवा सञ्चालन गरिएको सि.एन. ग्रुपका रामजी ढुंगानाले बताए ।

पाल्पादेखि काठमाडौंको सडक निकै जिर्ण भएता पनि जोखिम मोलेर नै ठूलो लगानीना बस सेवा सञ्चालनमा ल्याइएको अर्का व्यवसायी विकाश भट्टराईले बताए । सुविधाजनक बस सञ्चालनमा आएपछि पहिले चलेका रात्रीकालिन बसहरु धमाधम विस्थापित हँुदै गएका छन् । रात्रीकालिन बसमा यात्रुको चाहना र समयको माग पुरा भएता पनि सुविधाजनक दिवाकालिन साना र ठूूला सवारी साधन सञ्चालन गर्न पश्चिम नेपाल र श्रीनगर यातायात प्रा.लि. को ध्यान नपुगेको त्रिभुवन बहुमुखी क्यापस प्रमुख टंक भट्टराईको गुनासो छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update