सुनको मूल्य एक हजार बढ्यो
काठमाडौँ, आज सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु एक लाख ६३ हजार थियो ।
त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० कायम भएको महासङ्घले जनाउको छ । कात्तिक १५ गते रु एक लाख ७१ हजारमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्