पाल्पा,पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा सञ्चालित दुई दिने न्वागी उत्सव सकिएको छ । रैनादेवी क्षेत्रका कृषकले भित्र्याएको नयाँ धान देवीलाई चढाएर, कृषकहरुले घर–घरमा दहि चामल खाएर मन्दिर परिसरमा भजनकृर्तन नाचगान सहित दुई दिने न्वागी उत्सव सकिएको हो ।
उत्सव समापनमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले पश्चिम पाल्पाको ऐतिहासिक पर्वको रुपमा न्वागी पर्व रहेको बताए । उनले भने ‘न्वागी पर्व कृषकको खेतीपातीसँग जोडिएको छ, धार्मिक आस्थासँग जोडिएको छ, परम्परागत जातजाती, कलासंस्कृतिको प्रदर्शन, जर्गेनासँग जोडिएकोले ऐतिहासिक पर्वको रुपमा न्वागी पर्वलाई लिन सकिने सभामुख घर्तीमगरले बताए ।
पश्चिम पाल्पामाको साथै गुल्मी र अर्घाखाँचीमा रैनादेवीको ठूलो महिमा र आस्था रहेकाले दिनहुँ धार्मिक पर्यटकहरुको आवतजावतमा वृद्धि भएको, धार्मिक तथा पर्यटकीय पुर्वाधारहरु निर्माण हुँदै गएकाले मन्दिरको महिमा दिनहुँ बढ्दै गएको छ । परम्परागत मौलिक कलासंस्कृतिले रमझममा रमाएका सहभागी अतिथीहरुले मन मस्तिष्कलाई ताजा जुझारु तथा सक्रिय बनाएको महशुस गरेका छन् । यस्ता मौलिक कलासंस्कृति बचाउन वडा, स्थानीयतह, प्रदेश तथा केन्द्र सरकारबाट नितिगत रुपमा व्यवस्था गर्न अतिथिहरुले जोड दिएका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले रैनादेवी क्षेत्र विकास निर्माणदेखी पुननिर्माणसम्म गाउँपालिकाले प्राथमिकता दिएर काम गर्दै आएको बताए । रैनादेवीको नामबाट गाउँपालिकाको नाम रहेकाले रैनादेवीको मन्दिर निर्माणको काम पालिकाले गर्दै आएको बताए । रैनादेवीलाई यस क्षेत्रकै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पालिकाले विस्तृत योजना बनाएर काम गर्दै आएको पालिका अध्यक्ष भट्टराईले बताए ।
३ नं. वडा कार्यालय भुवनपोखरीले न्वागी उत्सवमा स्थानीय कलासंस्कृतिलाई बचाउन, स्थानीय परम्परागत कलाकारहरुलाई उत्साहित बनाउन, एक पुस्ताबाट अर्काे पुस्तामा संस्कृतिको हस्तान्तरण गर्न पालिकास्तरीय सोरठी नाच प्रतियोगिता सञ्चालन गरेको छ । प्रतियोगितामा ९ वटा सोरठी नाच प्रस्तुत भएकोमा पेलावास सोरठी नाच समुह प्रथम भएको छ । सिद्देश्वर साउने मगर समाज सोरठी नाच समुह द्धितिय, जनप्रिय दाजुभाई नाच समुह अर्घाई तृतिय र साउनेली समाज सोरठी नाच समुह सान्तवना भएका छन् । वडा कार्यालयले विजयी हुने प्रथम समुहलाई नगद २० हजार प्रमाणपत्र, द्धितियलाई नगद १५ हजार प्रमाणपत्र, तृतियलाई नगद १० हजार र सान्तवनालाई नगर ५ हजार, सहभागी सबै समुहलाई यातायात खर्च उपलवब्ध गराएको वडा अध्यक्ष प्रदिप पौडेलले बताए । विजयी नाच समुहलाई प्रदेश सभामुख तुलाराम घर्तिमगर, गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराइ, उपाध्यक्ष युवराज थापा, वडा अध्यक्ष प्रदिप पौडेल, मन्दिर व्यबस्थापन समितिका अध्यक्ष मिन बहादुर दर्लामीले नगद तथा प्रमाणपत्र वितरण गरेका थिए । विगत केही बर्षयता रैनादेवी मन्दिर धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास भईरहेको र यस क्षेत्रमा चहल पहल बृद्धि भएको वडा अध्यक्ष पौडेलले बताए ।
रैनादेवी भुवनपोखरी गोखुङ्गाको न्वागी उत्सवह हेर्न जिल्लाका सभासदहरु, प्रमुख, जिल्ला अधिकारी सहित सुरक्षानिकायका प्रमुख, राजनीतिक दलका नेतागणहरुको सहभागीता रहेको थियो । पश्चिम पाल्पा, पुर्वी अर्घाखाँची र दक्षिण गुल्मी क्षेत्रमा नयाँ धान रैनादेवीलाई चढाएर, देवीको पुजा पाठ गरी खाने प्रचलनलाई न्वागी पर्व पर्व भन्ने गरिन्छ । तान्त्रिक विधीबाट रैनादेवी मन्दिर परिसरमा लामाधामीले न्वागीको मिति तोक्ने परम्परा रहेको पाईन्छ । नयाँ धान भित्र्याएपछि कृषकहरुले रैनादेवी भगवतीलाई दही, चामल, सिलाम, केरा, मह लगायत चढाएर नयाँ चामलको प्रयोग गर्ने परम्परा रहेको छ । पछिल्लो समय मन्दिरमा पुगेका भक्तजन, पर्यटक, तथा दर्शकहरुलाई दही चामल खुवाएर न्वागी पर्वलाई विशेष पर्वको रुपमा मनाउने अभियानमा वडा कार्यालय लागेको छ । दहि चामलसँगै, स्थानीय कलासंस्कृति बचाउने, युवा पुस्तामा कलासंस्कृति सिकाउने स्थानीय भजन, पञ्चेबाजाको तालमा नचाउने, ठूूलो तथा सोरठी ठूूलो नाचमा मादल ठोकाउने काम प्रतिष्प्रर्धातमक रुपमा हुँदै आएको मन्दिर संरक्षण समितिका अध्यक्ष मिन बहादुर दर्लामीले बताए । गाउँपालिकाले भुवनपोखरी गोखुङ्गामा रैनादेवीको काष्टकलायुक्त आकर्षक मन्दिर बनाएपछी भक्तजनहरुको भिडभाड बढेको छ । रैनादेवी मन्दिर परिसर गोखुङ्गाबाट अन्नपूर्ण, धौलागिरी, निलगिरी लगायतका हिमालहरु देख्न सकिन्छ । डाडाको टुप्पोमा मन्दिर रहेकोले चारैतिरका दृश्वहरु हेरेर धार्मिक पर्यटकहरु रेनादेवी मन्दिर परिसरमा रमाउने गर्दछन् ।