Shittalpati
सुन तोलामा एकैदिन १५ हजार ९ सयले घट्यो

पाल्पा, नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँले घटेको हो ।  

 नेपाली बजारमा सुनको भाउ घटेसँगै प्रतितोला १ लाख ५१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने नेपाली बजारमा प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । कात्तिक १५ मा प्रतितोला भाउ १ लाख ७१ हजार रुपैयाँ निर्धारण गरेको थियो । यो मूल्य अहिलेसम्मकै उच्च थियो । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ११५ रूपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९६० रूपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update