Shittalpati
ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा छुट

पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट दिइने भएको छ  । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै  बैंक र अस्पतालबिच सम्झौता भएसँगै छुट पाउने भएका हुन् ।

छुटका लागि बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै, बैंकको क्रेडिट कार्ड मार्फत् भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतानुसार बैंकका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिट/क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत् भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउने छन् । यसका साथै, बैंकका ग्राहकहरुले एक्सरे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुष्ठ १० प्रतिशत छुट पाउने छन् । किस्ताबन्दी सेवाअन्तर्गत बैंकका क्रेडिट कार्डवाहकले समाज डेन्टल अस्पतालमा उपचार बापत खर्च १५ हजारदेखि अधिकतम ५ लाखसम्मको बिलमा ६ देखि १२ महिनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने छन् । यस्ता विभिन्न किसिमका सुविधाहरुको उपभोग गर्न इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको जुनसुकै शाखाबाट आवेदन दिइ बैंकको क्रेडिट कार्ड लिन सक्ने छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update