Shittalpati
रामपुर नगर सरकारले सञ्चालन गर्‍यो निःशुल्क लोकसेवा कक्षा 

पाल्पा(रामपुर), जिल्लाको रामपुर नगरपालिकाले निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोकसेवाको तयारीमा जुटेका नगर भित्रका विद्यार्थीहरुलाई लक्षित गरी नगर सरकारले निःशुल्क कक्षा सञ्चालन गरेको हो ।

कक्षाको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले उच्च मनोबलका साथ अध्ययन गरे सफलता प्राप्त गर्न सकिने बताए  । उनले लगनशीलता र मेहनतका साथ अध्ययन गर्न परीक्षाको तयारीमा रहेकाहरुलाई आग्रह गरे ।

यस्तै रामपुर नगरपालिकाका प्रशासन अधिकृत एवं लोक सेवा आयोग तयारी कक्षाका संयोजक युवराज पन्थीले कार्यक्रमको बारेमा प्रष्ट पार्दै आयोगको तयारीका लागि ज्ञान सीप र तरिका सिकाइने बताए । शहीद बहुमुखी क्याम्पस रामपुरका स्ववियु सभापति ल्याकत ओलीले  आयोगमा प्रतिस्पर्धा गर्नका लागि आवश्यक सिप प्रदान गर्न नगरपालिकाले लगानी गरेको र यो अवसरको भरपुर सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षता, योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम शुुभारम्भ भएको थियोे । तयारी कक्षामा ७३ जनाको सहभागीता रहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update