Shittalpati
तानसेनमा न्यू होराजन प्रदेशस्तरीय हाजिर जवाफ

पाल्पा, तानसेनमा न्यू होराइजन प्रदेशस्तरीय हाजिरजवाफ प्रतियोगिता  भएको छ । न्यू होराइजन आवासीय मावि  बुटवल को आयोजनामा ३१ औं न्यू होराइजन प्रदेशस्तरीय  हाजिर जवाफ प्रतियोगिता तानसेन  केन्द्रमा भएको हो ।

प्रतियोगितामा पाल्पा, गुल्मी, अर्घाखाँचीबाट ३५ वटा विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा जनता मावि पाल्पा प्रथम भएको छ । यस्तै  रामतुल्सी मावि रामपुर पाल्पा दोश्रो र रेन्वो बोर्डिङ  स्कुल तेस्रो हुन सफल भएका  छन् । त्यस्तै गरी बेथल बोर्डिङ स्कुल पाल्पा, देबवाणी मावि पाल्पा र महेन्द्र  मावि तम्घास  गुल्मी  सान्त्वना हुन सफल भए । प्रतियोगितामा प्रथम,  दोश्रो, तेस्रो र सान्त्वना  हुने प्रतियोगीहरुलाई क्रमशः ९ हजार, ६ हजार, ४ हजार ५ सय र सान्त्वनालाई ५/५ हजार, प्रमाणपत्र, सिल्ड प्रदान गरिएको  थियो । कार्यक्रमका  प्रमुख अतिथि  तानसेन  नगरपालिकाका नगरप्रमुख  सन्तोषलाल श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।   कार्यक्रमको उद्घाटन  गर्दै उनले निजि विद्ययालयले यस्ता खाले प्रतियोगिता  आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । विशिष्ट अतिथि  तानसेन  नगरपालिका –७ का वडा अध्यक्ष  प्रदीप  खनालले विजयी प्रतियोगीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरे । प्रतियोगितामा प्रथम, द्वितीय हुनेलाई न्यू होराइजन बुटवलमा हुने फाइनलमा सहभागी गराइने कार्यक्रम समयोजक प्रकाश पन्थले बताए । न्यु होराइजन बुटवलका उपप्राचार्य बासुदेव अर्यालको अध्यक्षता, शिक्षक हरि पौडेलको सञ्चालनमा कार्यक्रम भएको पत्रकार राजेन्द्र  लिगलले  जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update