पाल्पा, आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । दिवसका अवरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिदैछ ।
विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आÞवानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएपनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपुर्ण बनिरहेको छ । नेपालमा श्री ३ चन्द्र शमसेर राणाले विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा गरेका थिए । विश्वमा झण्डै २१ करोड महिला, पुरुष र बालबालिका दासताको शिकार भएको तथ्यांक छ । नेपालमा आन्तरिक तथा बाÞय बेचबिखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको यस क्षेत्रमा काम गर्नेहरुले बताएका छन् । यस्तै पुराना तरिकाका दास तथा दासताका प्रथा घटे पनि मानव तस्कर, अड्ढ तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने गरेको पाइएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदन र संस्थागत प्रतिवेदनका अनुसार नेपालमा करिब एक प्रतिशत मानिस आधुनिक दासत्वको पीडा भोगिरहेका छन् । यसले प्रत्यक्ष रूपमा ७० हजार परिवारलाई मर्कामा परेका छन् । अझै पनि सार्वजनिक यातायात, चमेना गृह, खाजा पसल, इँटा भट्टा, घरेलु र प्याकेजिङ क्षेत्रको काममा बालश्रमिकमाथि ज्यादतीपूर्ण घटना भइरहेका छन् ।