सुनको भाउ बढ्यो : तोलाको १ हजार
पाल्पा, स्थानीय बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार १ लाख ४९ हजार ३ सय रुपैयाँ थियो । त्यसैगरी चाँदीको भाउ मंगलबार ३० रुपैयाँ बढेर तोलाको १ हजार ८ सय ४५ मा किनबेच भइरहेको छ । सोमबार तोलाको १ हजार ८ सय १५ रुपैयाँ थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्