Shittalpati
दृष्टिकोणमा परिवर्तन जरुरी

हेराई र गराई, बोलाई अनि भोगाई, यी सबै विचारलाई असल दृष्टिकोणको आवश्यकता छ । गत साता किर्तिपुर भाषणले व्यापक चर्चा पायो । आज भोली चीन भ्रमण र मंसिर १६ गते सम्पन्न स्थानीय उपनिर्वाचनका परिणामलाई लिएर व्यापक रुपमा चर्चा चलीरहेका छन् । चर्चाहरु सकारात्मक भन्दा पनि नकारात्मक धेरै छन् । हेर्ने, सुन्ने दृष्टिकोणका मुल्य र मान्यता प्रति ह्रास आएको महशुस हुन्छ । जहाँ दृष्टिकोण, अर्थात दृष्टिभ्रम र बिचारका आधारभूत मूल्य र मान्यताहरु क्षेयीकरण भएपछि  दृष्टिकोणले पनि फरक नतिजा पाएको महशुस भएको छ ।  

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले किर्तिपुरको चुनावीसभामा सम्बोधन गर्ने क्रममा दिएका महत्वपुर्ण अभिव्यक्तिलाई सम्पादन गरेर, नकारात्मक शैलीको दृष्टिकोणलाई प्राथमिकता दिने जो सुकै भए पनि त्यो अपराधिक चरित्रको एउटा ज्वलन्त उदाहरण हो । स्थानीय उप–निर्वाचनमा आ–आफ्ना घोषणा पत्र, प्रतिवद्धता प्रतिको धारणालाई थप व्याख्या गर्ने क्रममा महामन्त्री गगनकुमार थापाका विचारहरु आफैमा समय सान्दर्भिक थिए । कतिपयले त्यसलाई नकारात्मकता बढाउँने खालका अपव्याख्या गरेका कारण पनि बुझाईमा फरक फरक दृष्टिकोण अगाडि आएका हुन् । महामन्त्रीको भाषण चाहिं वास्तविकतामा आधारित थियो तर नेपाली शोसलमिडियाका कतिपय प्रयोग कर्ताले त्यसको अपव्याख्या गरे । सकारात्मक दृष्टिकोण र भावनालाई नकारात्मकताको पगरी गुथाई दिदा नेपाली समाज नकारात्मकताको शिकार बन्दै छ । हिजो एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ बाट बच्नका लागि घरेलु उपचार विधिका विषयमा दिएका अभिव्यक्ती प्रति नकारात्मकताको डण्डा बोकेर अगाडी बढेको समाजले आज फेरी यस्तै नचाहिने हर्कत बाहेक केही पनि गर्न सकेको छैन । यस्ता घटनालाई अत्यान्त्यै गहिरो संग विश्लेषण गर्नुपर्ने बेला आएको छ । त्यसकारण हरेक कुरालाई सकारात्मक दृष्टिकोणले हेरौ, त्यहाँ सधै रमाईलो र खुसीको झलक देखिन्छ । अन्यथा हामी सधँै नकारात्मकताका शिकार वाहेक केही पनि हुन सक्दैनौ । त्यस कारण दुष्टिकोणमा परिवर्तन जरुरी छ

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update