Shittalpati
छुट्टाछुट्टै घटनामा परी  ६ जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, रोल्पा, धनुषा, सुनसरी, कास्की र लमजुङका विभिन्न स्थानमा भएका सवारी दुर्घटना र अन्य घटनामा परी ६ जनाको मृत्यु भएको हो ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–८ प्रदिपनगरस्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ । गणेशनगरबाट प्रदिपनगरतर्फ जाँदै गरेको लु.३ त ६५४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक मायादेवी गाउँपालिका बस्ने ३५ वर्षीय रामकेश कुर्मीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले  जनाएको छ । यस्तै सुनसरीको हरिनगर गाउँपालिका–४ हरिनगरा बजारस्थित सडकमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । को.१ ख ६४३१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री देवानगंज गाउँपालिका–७ बस्ने ५० वर्षीय झलु उरावको घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै धनुषाको मिथिला नगरपालिका–६ बसी पुलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ । महेन्द्रनगरबाट ढल्केवरतर्फ आउँदै गरेको प्र.३–०२–००६ प ६७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिराहा बिष्णुपुर नगरपालिका–१ गौरीपुर बस्ने २६ वर्षीय विवेक कुमार यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  यस्तै रोल्पाको सल्यान पारीखर्कबाट सुकिदह जाने कच्ची सडक तल खोल्सामा एक जना मृत अवस्थामा फेला परेका छन् । सुकिदह गाउँपालिका–३ चामी बस्ने सल्यान बाघचौर नगरपालिका–७ गाराकोट घर भएका ७० वर्षीय मन बहादुर दमाई खोल्सामा मृत अवस्थामा फेला परेका हुन् । उता कास्कीको मादी गाउँपालिका–१२ रूदीदोभानस्थित मादी खोलामा अर्को एक जनाको शव फेला परेको छ । पोखरा महानगरपालिका–२७ अर्चले बस्ने १८ वर्षीय मन्दिप लामिछाने मृत अवस्थामा फेला परेका हुन् । यस्तै लमजुङको मस्र्याङदी गाउँपालिका–४ काभ्रे भिरस्थित मस्र्याङदी नदीको पाखामा पनि अर्का एक जनाको शव फेला  परेको छ । सोही गाउँपालिका–४ सिलढु·ा बस्ने ३० वर्षीय रोशन गुरूङ मृत अवस्थामा फेला परेका हुन् ।      

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update