Shittalpati
रविलाई वीरगञ्ज लगियो

पोखरा, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज लगिएको छ । लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पुर्‍याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज पुर्‍याइएको हो ।

यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ । रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी र काठमाडौं लगायतमा भएको रकम हिनामिनामा बयान भइसकेको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update