Shittalpati
व्यवसायिक भवनको वास्तु नियम !

✍️ज्योतिष मुकुन्द पोखरेल 

व्यापारिक व्यवसायिक भवन निर्माणसँग सम्बन्धित वास्तुशास्त्रीय नियमलाई नै कर्पोरेट बास्तु नियम भनिन्छ। आवासीय क्षेत्रको वास्तु व्यवसायिक क्षेत्रको वास्तु नियमबीच सामान्य भिन्नता देखिन्छ। सामान्यतया वास्तु सिद्धान्तको आधार पञ्चतत्व नै हो। संसारका अति पनि पदार्थ र चिजबीज छन् ती सबै जल, पृथ्वी, वायु , तेज , आकाशजन्य छन् । यि सबलाई आधार मानेर निश्चित व्यापारिक लाभका लागि अपनाइने वास्तुशास्त्रीय अद्धान्तलाई कर्पोरेट वास्तु भनिन्छ। 

भवन वा बजार निर्माण गर्दा विचार गर्नुपर्ने वास्तुनियमहरू संक्षेपमा यस प्रकार उल्लेख गर्न सकिन्छ 

१. उद्योगपतिको कार्यकक्ष ईशान वा नैर्ऋत्यमा बनाउनुपर्दछ।

२. औद्योगिक भवनको दक्षिण वा नैऋत्यमा कच्चापदार्थ राख्नुपर्दछ भने वायव्यकोणमा तयारी सामान राख्नुपर्दछ।

३. उद्योगको नैऋत्य र दक्षिणदिशामा प्रवेशद्वार, गहिरो खाडल बनाउनु हुँदैन । औद्योगिक क्षेत्रको भूमि पूर्वोत्तरकोणमा बढेको राम्रो हुन्छ। औद्योगिक क्षेत्रको माटो पहेँलो वा कालो रङ्गको भए शुभ रहन्छ।

४. उद्योगमा प्रयोग गरिने मेसिनहरू दक्षिणतर्फ राख्नुपर्दछ।

५. मेसिन चलाउने कामदारको मुहार पूर्व, ईशान वा उत्तर फर्किनु पर्दछ।

६. जलजन्य पदार्थ ईशान वा पश्चिममा, खाद्यान्न नैत्रऋत्यमा, मेसिन दक्षिण, वाश्धजन्य पदार्थ वायव्यर्कोणमा र सवारी साधन अर्थात् गाडीहरू आग्नेयकोणमा राख्नुपर्दछ। 

७. दोकान, पसलको सटर पूरा खोलेर व्यापार वा निर्माण कार्य गर्नुपर्दछ । धनसार तथा पैसाको घर्रा आर्थिक कारोबार गर्ने व्यक्तिको दाहिने हाततर्फ हुनुपर्दछ ।

८.जसको दैलो पश्चिम वा उत्तरतिर खुल्ने हुनुपर्दछ। पसलको भन्ऱ्याङ्‌को पाउदान अर्थात् खु‌ट्किलाको संख्या १, २, ७, ९ मिलाई आउने हुनुपर्दछ ।

९. पसलमा सामान भरिपूर्ण रहनुपर्दछ। मार्गवेध, द्वारवेध हुनु राम्रो मानिदैन । सरसफाइ र सजावटमा विशेष ध्यान दिनुपर्दछ। चाहे पसलमा होस् वा औद्योगिक कारखानामा होस् ।

१०. पसल या फ्याक्ट्रीको ईशानकोणमा पूजास्थल र सामान जाने मार्ग बनाउनुपर्दछ ।

११. कच्चापदार्थ भित्रिने मार्ग वायव्यकोणबाट हुनुपर्दछ । धनसार, धरिन वा बीममुनि पर्ने गरी राख्नुहुँदैन । बीममुनि बसेर कुनै पनि कारोबार गर्नु हुँदैन ।
अफिस या दोकान पूर्वमुखी, उत्तरमुखी शुभ रहन्छ ।

१२. सिलिङ्गमा फल्स लगाइन्छ भने पहिले नै बीममा तामाको तार लगाउनु पर्दछ र आग्नेयकोणमा रातो बल्ब लगाउनु पर्दछ ।

१३. अस्थायी कर्मचारीका लागि वायव्यकोणमा बस्ने सुत्ने व्यवस्था गर्नुपर्दछ ।
शौचालय नैऋत्य र पश्चिमको बीचमा अथवा पश्चिम र वायव्यकोणको बीचमा बनाउनुपर्दछ ।

१४. प्रशासनिक कार्यका लागि बनाइने भवन औद्योगिक भवनभन्दा अग्लो राख्नु हुँदैन।
फ्याक्ट्रीको पानी पूर्व या उत्तरतर्फ झर्नुपर्दछ ।

१५. गोदामघर गहिरो राम्रो हुन्छ भने पछाडि सुकेको अगाडि फुकेको तथा समतल पसल राम्रो मानिन्छ । कार्यालय तथा पसलको मोहडा पूर्व या उत्तर शुभ रहन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update