पाल्पा,मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको ११ औं साधारणसभा तथा चौथो अधिवेशन तानसेनमा भएको छ । साधारण सभा तथा अधिवेशनको संस्थापक अध्यक्ष भुषण राजलवटले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष राजलवटले संस्थाले आफ्नो लक्ष्य उद्देश्य अनुसार काम गर्दै जानुपर्नेमा जोड दिए । संस्थाले कृषि उत्पादनलाई विविधिकरण गरेर, कृषकहरुसँग जोडिएर, उत्पादनलाई बजारीकरणमा हातेमालो गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सल्लाहकार मोहन प्रसाद श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले स–सानो पुँजी संकलन गरेर सहकारीले आवश्यक कामकाजमा परिचालन गरेर राम्रो काम गरेको बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष देबबहादुर पचभैयाले वार्षिक प्रतिवेदन, सचिव शंकर भण्डारीले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष समिरमान सिंहले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक पर्शुराम सापकोटाले लेखा प्रतिवेदन पेश गरेका थिए । सहकारी संस्थामा ५०४ जना महिला र ७५२ पुरुष गरी १ हजार २ सय ५६ जना शेयर सदस्यहरु रहेका छन् । सहकारी संस्थामा ९९ लाख ७५ हजार १ सय रुपैयाँ संस्थापक शेयर पुँजी रकम रहेकोमा ४ करोड ४० लाख रुपैयाँ बचत, ४ करोड ७३ लाख कर्जा लगानी, व्याज आम्दानी ६९ लाख ७४ हजार र वार्षिक कुल कारोबार ८ करोड ५५ लाख रुपैयाँ भएको वार्षिक कारोवार गरेको छ । चौथो अधिवेशनबाट विनोद पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको उपाध्यक्षमा शंकर भण्डारी, सचिवमा समिरमान सिंह र कोषाध्यक्षमा विमला शाक्य बज्रचार्य चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा फर्शुराम सापकोटा, उत्तम कुमार बज्रचार्य, सु्निता कुमारी प्रधान, रविमोहन श्रेष्ठ र लेखा समिति संयोजकमा विनायक महर्जन, सदस्यमा कमल श्रेष्ठ र प्रविन ब्रचार्य चयन भएका छन् ।