पाल्पा, नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ लाई तिव्रता दिएको छ । काँग्रेसले जिल्लाका पालिका र वडा वडामा पुुगेर छलफल, अन्तक्र्रिया गर्दै आएको छ । उसले सोही अभियान अन्तर्गत जिल्लाको रामपुरमा अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरेको छ । काँग्रेसले निर्वाचित जनप्रतिनिधि, उम्मेद्वार, पार्टीका नेता तथा कार्यकर्ताहरुसँग अन्तक्र्रिया गरेको हो ।
कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि तथा पूूर्व मन्त्री भरत कुमार शाहले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शाहले संगठनलाई बलियो र मजबूद बनाएर लैजान सबै तहका नेता कार्यकर्ताहरु सक्रिय भएर लाग्नुपर्ने बताए । उनले १०० दिने अभियानले पार्टी संगठनलाई थप बलियो बनाएर लैजान महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले निरन्तर जनताको माझमा गएर संगठनसँगै विकासका लागि मेहेनत गरेमा सफलता प्राप्त गर्न सकिने धारणा व्यक्त गरे । नेता शाहाले एकले अर्कोलाई गाली गर्ने नभई आफ्नो तर्फबाट राम्रो गर्न सकेमा तल्लो तहबाट माथिल्लो तहमा स्थान हासिल गर्न सकिने बताए ।
उनले विगतको तुलनामा विकासले गति लिए पनि व्यवस्थित रुपमा शासन व्यवस्था सञ्चालन हुन नसकेको उल्लेख गरे । शाहाले पार्टीका कार्यकर्ताहरूलाई ढुक्क भएर पार्टीले गरेका विकास निर्माण र योगदानको प्रचार–प्रसार गर्दै जनतामाझ जान आग्रह गरे ।
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले संगठनलाई मजबुत बनाउन वडा टोलसम्मै अभियानलाई तिव्रता दिइएको बताए । उनले जनतामाझ पुगेर पार्टीले गरेका काम र योजनाका बारेमा बुझाउन आवश्यक रहेको औल्याउदै त्यसका लागि आफुहरु १०० दिने अभियान लिएर हिडेको उल्लेख गरे । काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु माया ढकालले जनताको भावना अनुसार अघि बढ्न आवश्यक रहेको बताइन् । काँग्रेसका महासमिति सदस्य एवं रामपुर नगर प्रमुख रमणबहादुर थापाले हालसम्म भएका विकास निर्माणको अवस्था र संगठनको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा १० वटै वडाका वडा सभापतिहरुले संगठनिक प्रतिवेदन पेश गरेका थिए । काँग्रेस जिल्ला सचिव एवं १०० दिने अभियानका रामपुर संयोजक सन्तोष थापाले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराएका थिए । कांग्रेस रामपुर नगरका सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षता,उपसभापति क्याप्टेन देव बहादुर थापा मश्राङ्गीको स्वागत, अर्का उपसभापति ज्ञानप्रसाद भण्डारीको धन्यवाद ज्ञापन, सचिव ओम प्रकाश बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।