पाल्पा, सामाजिक व्यक्तित्व तथा युवा व्यसायी जेसी विवेक काजी शाक्य पाल्पा जेसिजको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । जेसिजको ४५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले वर्ष २०२५ का लागि शाक्यलाई अध्यक्षमा चयन गरेको हो ।
यस अघि कानुनी सल्लाहाकारका रुपमा रहेका शाक्यको नेतृत्वमा नयाँ समिति चयन भएको जेसिज २०२४ का अध्यक्ष अर्जुन कार्कीले बताए । उनका अनुसार २०२५ का लागि कार्यकारिणी उपाध्यक्षमा जेसी विजय कार्की, जेसी सुनिल चापागाई, उपाध्यक्षमा जेसी कला दाहाल, जेसी बिक्रम सिंह, जेसी सुमन बस्याल, जेसी करन चित्रकार,सचिवमा जेसी प्रकाश कार्की र जनसम्पर्क अधिकारीमा जेसी दुष्यान्त भण्डारी चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष शाक्यले पाल्पा जेसीजले वर्ष २०२५ का लागि युवा लक्षित कार्यक्रममा केन्द्रीत भई कार्य गर्ने र स्थानीय, प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढ्ने बताए । उनले युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ काम गर्ने उल्लेख गरे । अध्यक्ष शाक्यले युवाहरूको साथ लिएर समाज, राष्ट्रको विकास र जेसीजको नयाँ उचाइलाई थप सशक्त पार्दै इँट्टा थप्ने बताए ।