Shittalpati
तानसेनका महिलाहरुले सिके हार्माेनियम बजाउन 

पाल्पा, तानसेनका महिलाहरुले हार्मोनियम बजाउन सिकेका छन् । नेपाल राष्ट्रिय ज्ञानमाला  पश्चिमाञ्चल क्षेत्रिय उपसमितीको आयोजनामा भएको महिला बौद्ध जागरण अभियान अन्र्तगत ३ महिने हार्माेनियम प्रशिक्षणमा यहाँका महिलाहरुले हार्मोनियम बजाउन सिकेका हुन् ।

३ महिने प्रशिक्षणबाट बुद्ध भजनमा  महिलाहरु सक्षम र सक्रिय  भएका छन । बुद्ध शिक्षा, बुद्ध उपदेश बुद्ध ज्ञान, बुद्ध ध्यानलाई भजनमार्फत संसारभर फैलाउने उद्देश्यले सञ्चालन भएको बुद्ध भजन सहितको ३ महिने हार्माेनियम प्रशिक्षणको एक कार्यक्रमकाबिच तानसेन टक्सार महाचैत्य विहारमा सम्पन्न सकिएको छ ।

प्रशिक्षणको पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेले समापन गरेका हुन् । कार्यक्रमको समापन गर्दै बुद्ध शिक्षा र ज्ञानलाई संसारभर प्रचार–प्रसार गर्न सके नेपालको उन्नती प्रगती अझै तीव्र गतिमा हुने बताए । बुद्धको जन्मस्थल नेपालमा विश्वभरीका बौद्ध धार्मिक पर्यटकहरु भित्र्याउन हामी सबैले पहल गर्नुपर्नेमा पुर्वमन्त्री पाण्डेले जोड दिए ।  तानसेनको श्रीनगरमा संसारकै ठूूलो बुद्ध मुर्ति निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन र तानसेनलाई लुम्बिनी पछिको दोस्रो बुद्ध धार्मिक स्थल बनाउन केन्द्र सरकार तथा चीन, जापान, कोरिया जस्ता देशसँग पनि सम्पर्क गर्दै आएको पुर्वमन्त्री पाण्डेले बताए । उनले महिलाहरुको लागि एक वटा हार्माेनियम उपहार प्रदान गर्ने घोषणा गरे । समितिका केन्द्रिय उपाध्यक्ष विमलबहादुर शाक्यले पाल्पामा भएको महिला हार्माेनियम प्रशिक्षण कार्यक्रमले अन्य जिल्लाहरुमा उत्साह र दवाव बढाएको बताए । आगामी दिनमा अन्य जिल्लामा पनि बुद्ध शिक्षा प्रचार–प्रसार गर्न हार्माेनियम प्रशिक्षण अभियान सञ्चालन उनले गरिने बताए । 

कार्यक्रममा बौद्ध रचना तथा संगितकार डा.सोभियतलाल बज्राचार्य, बरिष्ठ पत्रकार मेघराज शर्मा, तानसेन नगरपालिका– ३ का वडाअध्यक्ष बाबुरत्न शाक्य, महाचैत्यविहार टक्सारका अध्यक्ष मनिन्द्र बज्राचार्य, बौद्ध अगुवा संजयराज शाक्य, हार्माेनियम प्रशिक्षार्थी अर्चना शाक्य बज्राचार्यले बुद्ध शिक्षा, ज्ञान तथा उपदेशहरुलाई अझै प्रभावकारी रुपमा प्रचार–प्रसार गर्नको लागि ३ महिने अभियान निकै प्रभावकारी रहेको बताए ।  ज्ञानमाला पश्चिमाञ्चल समितिका संयोजक केशवलाल बज्रचार्यले  नेपालमै पहिलो पटक महिलाहरुलाई सामुहिक हार्माेनियम प्रशिक्षण कार्यक्रम गरिएको बताए । पुरुषको सहभागिता विना पनि महिलाले हार्माेनियम बजाएर बुद्ध भजन गर्न सक्ने गरी  महिलाहरु उत्पादन भएको हार्माेनियम प्रशिक्षक बज्राचार्यको भनाई छ ।  कार्यक्रममा राष्ट्रिय ज्ञानमाला समितिकी अध्यक्ष रमना श्रेष्ठले अहिले सबै देश, व्यक्तिहरुलाई बुद्ध ज्ञान, शिक्षा र उपदेशको खाँचो  रहेको र बुद्धको शिक्षा र ज्ञानलाई भजनको माध्यमबाट प्रचार–प्रसार गर्न सबै एकजुट भएर लागेको बताईन । पश्चिमाञ्चल क्षेत्रिय उप समिपतले गरेको कार्यक्रमले ज्ञानमाला समितिको सबै क्षेत्रमा जागरण पैदा गरेको समितिका अध्यक्ष श्रेष्ठले बताईन् । समापन कार्यक्रमको सञ्चालन सचिव विरेन्द्रराज शाक्यले गरेका थिए । बुद्ध ज्ञानलाई संसारभर फैलाउन २०५१ सालमा  ज्ञानमाला समिति निर्माण गरी जिल्ला जिल्लामा भजन अभियान सञ्चालन हुँदै आएको छ ।  

प्रकाशित मिति: सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update