Shittalpati
मदनपोखरा सहकारी  लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित

पाल्पा, जिल्लाको तानसेन नगरपालिका –९ तिन्टीआँटमा  सञ्चालित मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको छ ।  राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारणसभाको अवसरमा सहकारीलाई उत्कृष्ट प्रादेशिक सदस्यको रुपमा सम्मान गरेको हो ।

सहकारीले सहकारीको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उत्कृष्ट प्रादेशिक सदस्य (बचत तथा ऋण बाहेकका कारोवार गर्ने लुम्बीनी प्रदेशका सदस्य संस्थाहरुमध्ये) सम्मान / पुरस्कार विधामा सम्मानित गरिएको बैंकले जनाएको छ । बैंकले सहकारीका अध्यक्ष घनश्याम घिमिरेलाई सम्मानको प्रामाणपत्र प्रदान गरेको छ । प्रमाणपत्र बुझेपछि अध्यक्ष घिमिरेले सम्मानले सहकारी अभियानमा थप सक्रिय भएर लाग्न प्रेरणा मिलेको बताए ।  

प्रकाशित मिति: सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update