Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटना :  १० जनाको मृत्यु, १५ घाइते

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, दैलेख, बर्दिया, काठमाडौं र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको हो । दाङको घोराही उपमहानगरपालिका–१५ कपासीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.३ प ९३५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक रूकुम पश्चिम मुसिकोट नगरपालिका–१४ छिवाङ बस्ने २१ वर्षीय मिन बहादुर वलीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी दाङको लमही नगरपालिका–९ च्याँउ खोला नजिक सडकमा विङगर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको  छ । चन्द्रौटाबाट बर्दियातर्फ जाँदै गरेको लु.१ ज ४२९८ नम्बरको वि·र अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा वि·रमा सवार कपिलबस्तु शिवराज नगरपालिका–३ बस्ने ४२ वर्षीया त्रीथी थारू र ६० वर्षीया फुलसी थारूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । साथै दुर्घटनामा घाइते भएका वि·रमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । वि·र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै बर्दियाको गुलरिया नगरपालिका–६ स्थित सडकमा रोकी राखेको ट्याक्टरमा कुटर ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । म.१ त १०६२ नम्बरको ट्याक्टरमा बा.६८ प ७०३६ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक सप्तरी रूपनी गाउँपालिका–१ घर भई गुलरिया नगरपालिका–६ बस्ने ३७ वर्षीय रामकुमार साह र सोही स्कुटरमा सवार उनकी छोरी ६ वर्षीया विद्या साहको मृत्यु भएको हो ।  ...दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ मसिनेस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बा.३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट करिब ७० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा चालक धादिङ धुनिबेसी नगरपालिका–७ बस्ने २६ वर्षीय टिकाराम तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ राताडाँडास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको  हो । बा.६१ प ४५६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दर्घटना हुँदा चालक ठाटीकाँध गाउँपालिका–१ मटेला बस्ने ३२ वर्षीय मनोज कुमार भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै झापाको  दमक नगरपालिका–१० सेतुमारी चोकस्थित सडकमा पनि मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया मनचरी राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि बिएण्डसि अस्पताल विर्तामोड रिफर गरिएको छ । यसैगरी झापाको शिवसताक्षी नगरपालिका–१० किराँत चोकस्थित सडकमा रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । को.२ त ४१४५ नम्बरको ट्याक्टरमा मे.९ प ६२४ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा चालक मेची नगरपालिका–५ बस्ने ४२ वर्षीय सन्तोष कुमार लिम्बुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update