पाल्पा,प्रदेश स्तरीय अनलाईन कविता प्रतियोगितामा पाल्पा प्यारागन इ.बो.स्कूलकी कृशाला ढुङ्गाना प्रथम भएकी छन् । बन्दाबन्दीको समयमा प्राज्ञिक विद्यार्थी परिषद् ,नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको प्रतियोगितामा कक्षा १० मा अध्ययनरत प्यारागनकी छात्रा ढुङ्गाना प्रथम भएकी हुन् ।
प्रतियोगितामा रुपन्देही देवदह शितलनगरकी अस्मिता रेग्मी द्वितीय,भैरहवाका रविन गुरूङ्ग तृतीय, बुटवलकी प्रतिक्षा खराल तृतीय, तिलोत्तमा मणिग्रामका इन्द्र प्रसाद न्यौपाने सान्त्वना भएका छन् । लकडाउनका बेला विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप मार्फत क्रियाशिल बनाउन प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक तथा परिषद्का प्रदेश उपाध्यक्ष पुस्करराज रेग्मीले बताए ।
परिषद्ले बन्दाबन्दीका बेला विद्यार्थीहरुलाई परीक्षण दिने, राहत वितरण गर्ने, विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी बनाउने जस्ता कार्यहरु गर्दै आएको संयोजक रेग्मीले जानकारी दिए । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमार्फत थप क्रियाशिल र रचनात्मक कार्यमा लाग्न परिषद्ले आयोजना गरेका कार्यक्रमहरु महतवपूर्ण रहेको प्याव्सन पाल्पाका कोषाध्यक्ष तथा पाल्पा प्यारागन इ.बों स्कूलका प्रिन्सिपल गंगा बहादुर खत्रीले बताए ।