Shittalpati
नेप्से सामान्य अंकले गिरावट

पाल्पा, शेयर बजार बिहीबार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से विहीबार ३१ दशमलव ४३ अड्ढले घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ ।

नेप्से झन्डै साढे २ महिनापछि २६ सय विन्दुमुनि झरेको हो । यसअघि गएको असोज १६ गते नेप्से २६ सय विन्दुमुनि झरेको थियो ।
बिहीबार सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अड्ढले ओरालो लागेको छ । बिहीबार नारायणी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बिहीबार कारोबार रकम भने सामान्य बढेको छ । बुधबार चार अर्ब २७ करोडको शेयर किनबेच भएकोमा आज तीन सय १० वटा कम्पनीका ९८ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ७६ करोड रुपैयाँमा किनबेच भयो ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update