पाल्पा, प्रभु बैंक लिमिटेड पाल्पा शाखाले तानसेनको एक विद्यालयलाई ‘वाटर डिस्पेन्सर’ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तानसेनस्थित जनता नमूना माध्यामिक विद्यालयलाई दुई थान पानी चिसो, तातो सफा गर्ने उपकरण बाटर डिस्पेन्सर निःशुल्क सहयोग गरेको हो ।
चिसो मौसम बढ्दै गएपछि बैंकले विद्यार्थीहरुलाई दक्षित गरी सफा, चिसो, तातो पानी उपलब्ध गराउने उद्देश्यले विद्यालयमै पुगेर ‘वाटर डिस्पेन्सर’ वितरण गरेको जनाएको छ । बैंकका शाखा अपरेसन इन्चार्ज दर्शन शर्मा, बैंकका सम्बन्ध अधिकृत बसन्त कार्कीले विद्यालयका प्रध्यानाध्यापक हरी प्रसाद घिमीरेलाई उक्त इलेक्ट्रोनिक ‘वाटर डिस्पेन्सर’ हस्तान्तरण गरेका हुन् । ‘वाटर डिस्पेन्सर’ ग्रहण गर्दै विद्यालयका प्रध्यानाध्यापक घिमिरेले बैंकले विद्यालयप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै बैंकलाई धन्यवाद दिए ।