Shittalpati
पाल्पा सिविआरका बालबालिकालाई खाद्यान्न सहयोग  

पाल्पा, लायन्स क्लव अफ पाल्पा प्राइडले पाल्पा सिविआरमा रहेका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । प्राइडले हंगर रिलिफ कार्यक्रम अन्र्तगत पाल्पा सिविआरमा रहेका बालबालिकाहरुलाई खाद्यान्नको रुपमा दाल, चामल, आलु तरकारी नुन तेल मसला तथा विभिन्न किसिमका ड्राई खाजाहरु प्रदान गरेको हो ।

खाद्यान्न सहयोग कार्यक्रममा बोल्दै लायन्स क्लव अफ पाल्पा प्राइडका डिष्ट्रिक ग्याट लिडर मिना पन्थीले संस्थाले मानव सेवा नै धर्म हो भन्ने भावनाका साथ विभिन्न किसिमका सहयोगहरु गर्दै आएको बताईन् । संस्थाकी एरिया चिफ शशी श्रेष्ठ र जोन चियर पर्सन सागरमान महर्जनले निरन्तर सहयोग आवश्यक पर्ने विभिन्न सामाजिक संघ संस्थाहरुका यस्ता किसिमको सहयोग लायन्स क्लव अफ पाल्पा प्राइडले गर्दै आएको बताए ।

खाद्यान्न सहयोग कार्यक्रममा संस्थाकी कोषाध्यक्ष पद्यमा भट्टराई श्रेष्ठ, संस्थाकी प्रथम भिपी कल्पना भट्टराई, द्धितिय भिपि मुना श्रेष्ठ , सदस्य बविता विष्ट लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सिविआर पाल्पाका प्रबन्धक कृष्ण गहतराजले संस्थाले लामो समयदेखी अपाङ्ख बालबालिकाको लागि डे केयर सञ्चालन गर्दै आएको बताए । डे केयरमा बालबालिकाको लागि फिजियो थेरापी, उनीहरुलाई  पढ्दै खेल्दै सिक्दै कार्यक्रम सञ्चालन हुँदै आएको आएको छ । विद्यालयको रुपमा सञ्चालित डे केयरको सरकारी क्षेत्रबाट कुनै किसिमको सहयोग नहुँदा विभिन्न संघ संस्था व्यक्तिहरुको सहयोगमा सञ्चालन हुँदा आएको छ । डे केयर सेन्टरमा नियमित रुपमा पन्ध्रदेखी विस जना बालबालिका रहने गरेका छन् । पाल्पा प्राइडकी अध्यक्ष एन्जिना खनालको अध्यक्षता, प्रथम भिपि कल्पना भट्टराईको स्वागत र संस्थाकी सदस्य सरस्वती शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update