Shittalpati
तानसेनमा सामूहिक बेलविवाह र व्रतबन्ध गरिदैं

पाल्पा, आउँदो माघ २५ तानसेनमा सामूूहिक बेलविवाह र व्रतबन्ध गरिने भएको छ । नेवाः गुठी तानसेनले विगतमा जस्तै यस वर्ष पनि नेवाः समुदायका बालबालिकाहरूको सामूहिक इही (बेलविवाह) एवं व्रतबन्ध गरिदिन लागेको हो ।

नेवारी संस्कृतिलाई निरन्तरता दिन सामूहिक इही (बेलविवाह) एवं व्रतबन्ध गर्न लागिएका गुठी तानसेनका अध्यक्ष प्रकाश नाथ गो·लले जानकारी दिए । उनका अनुसार भक्तपुरका नेवाः बाजे मृगेन्द्र राजोपाध्यायद्वारा पुुजा गरिने छ । गुुठीको तानसेनमा बसेको भेलाले माघ २५ गते बेलविवाह र व्रतबन्ध गर्ने निर्णय गरेको अध्यक्ष गो·लले एनजेडीलाई जानकारी  गराए । भेलामा गुठीका सल्लाहकार  निर्मल श्रेष्ठले नेवा समुदायमा बेलविवाह एवं व्रतबन्धको महत्वबारे प्रकाश पार्दै सांस्कृतिक, धार्मिक परम्परालाई संरक्षण गर्न सामूहिक रुपमा लाग्न सबैलाई आग्रह गरे । कार्यक्रममा गुठीका शशी श्रेष्ठ,सुशिला श्रेष्ठ, रवि मोहन मलेपति, विरेन्द्र मानसिंह, सुनिता प्रधान, स्वस्तिका श्रेष्ठ लगायगले संस्कृतिको संरक्षण गर्नु हामी सबै दायित्व भएकाले त्यसमा एक जुट भएर लाग्नुुपर्नेमा जोड दिए । बेलविवाह तथा व्रतबन्ध कार्यक्रमको तयारीका लागि गुठीका उपाध्यक्ष हरिलाल अमात्यको संयोजकत्वमा विभिन्न उपसमितिको गठन गरिएको छ । इही तथा व्रतबन्ध गर्न चाहने नेवा समुदायका बालबालिकाका अभिभावकहरूले समयमा नै गुठीमा नाम दर्ता गर्न समेत गुुठीले सबैमा अनुुरोध समेत गरेको छ । जसका लागि गुठीका अध्यक्ष प्रकाश नाथ गो·ल,उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरिलाल अमात्य,सह सचिव सुनिता श्रेष्ठलाई सिध्रै सम्पर्क गर्न सकिने जनाइएको छ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास गरिन्छ । इही नेवार समुदायका अरू धेरै संस्कारमध्ये एउटा अति महत्वपूर्ण संस्कार हो । इही कन्यादानकै एक विधि पनि हो ।

हिन्दू धर्मावलम्बी नै भए पनि नेवारहरूले दसकर्म संस्कारलाई मात्रै अनुसरण गर्दै आएको पाइन्छ । तिनै दशकर्म संस्कारमध्ये कन्यालाई गरिने संस्कार हो, इही । पुरुषको चूडाकर्म गरिएजस्तै कन्याको इही र बाःराः तयेगु चलाइएको हो । चूडाकर्म हिन्दू संस्कारसँग सम्बन्धित छ भने इही र बाःराः तयेगु हिन्दू र बौद्धको मिश्रित संस्कारमा आधारित पाइन्छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update