पाल्पा, २०७२ सालको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको बाजुरामा लगातार साना–ठूला परकम्प गइरहेका छन् । अघिल्लो हप्ता मात्रै ४ पटक भूकम्प गएको छ । शनिबार यहाँको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । यहाँ बिहीबार पनि मनाङको नेस्याङ केन्द्र बनाएर ४ दशमलव७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि बुधबार र मंगलबार पनि बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । यहाँ दुई वर्षको अवधिमा मात्रै दुई दर्जान जति साना ठूला भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । निबार बिहान गएको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको बताइएको छ । भूकम्पको धक्का पाल्पामा समेत महसुस गरिएको थियो । भूकम्पको झट्का महसुस भएसँगै मानिसहरूमा त्रास उत्पन्न भएको छ । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षति के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन । विकट हिमाली जिल्लाका रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सड्ढलन भइरहेको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ । यहाँ साना परकम्पले भने खासै असर गरेका छैनन् । तर स्थानीय बासिन्दा त्रसित छन् । भूगर्भविद्हरूले पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने अनुमान गर्दै आएका छन् ।
पछिल्लो ५०० वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प गएको थिएन । त्यस यता २०७२ सालमा ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । बाजुरामा पटक–पटक भूकम्प जाने भएकाले बाजुरावासी त्रसित बन्दै गएका छन् । उसै त बाजुरा बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला हो, त्यसैमा पटक पटक भूकम्पले बाजुरवासीलाई त्रासित बनाउने गरेको छ ।