Shittalpati
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

पाल्पा, साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से १३ दशमलव ५३ अंकले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ को बिन्दुमा कायम भएको हो ।

सेन्सेटिभ इण्डेक्स  २ दशमलव ६९ अंकले घटेर ४ सय ४३ दशमलव ८ अंकले घटेको छ । यसदिन ३ सय १९ स्क्रिप्सको ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर ४ अर्ब ५१ करोड ८३ लाख  ८५ हजार १सय ७ रुपैयाँमा खरदबिक्री भए । जलविद्युत् समूह शून्य दशमलव ६५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ०५ र वित्त समूह एक दशमलव ४९ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ०१, लगानी एक दशमलव १८, जीवन बीमा शून्य दशमलव ८१, लघुवित्त शून्य दशमलव ३९, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ८२, व्यापार एक दशमलव ३५ र अन्य समू शून्य दशमलव ३७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।  दोहोरो अंकले घटेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,बराही हाइड्रोपावर पब्लिक,न्यादी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबार रकमका आधारमा रिभर फल्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको २२ अर्ब बढीको कारोबार भयो । जानकी फाइनान्सको १२ करोड,पिपुल्स पावरको ९ करोड,नेपाल फाइनान्सको ८ करोड  र भूगोल इनर्जी डेभलपमेन्टको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ८४ स्टक्सको मूल्य बढ्दा १ सय ५४ वटाको घट्यो । ६ स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update