लामिछानेको सांसद पद निलम्बन हुने
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा हिरासतमा रहेका पूर्वगृमन्त्री लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अदालतमा मुद्दा दर्ता भएपछि उनको सांसद पद स्वतः निलम्बन हुने भएको हो ।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म ऐनअनुसार लामिछानेको पद निलम्बित हुने जनाइएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएपछि स्वतः पद निलम्बनमा पर्छ ।
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्