पाल्पा, पुस महिनाको पहिलो आइतबार भगवान् सूर्यको पूजा आराधना गरिएको छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।
पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याÞनमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ दिइन्छ । सूर्य भगवानलाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ । पुस महिनाका सूर्यको नाम विष्णु हो । विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ । यस दिन बर्तालुले घरमा ब्राÞमण बोलाएर पूजा आराधनासहित अन्न दान निदुपर्ने व्यवस्था रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाड्ग निर्णायक समितिले जनाएको छ ।