Shittalpati
आज ‘क्रिसमस डे’ मनाइँदै

पाल्पा, आज क्रिश्चियन धर्माबलम्बीहरूको महान पर्व क्रिसमस हर्षोल्लासका साथ मनाइँदैछ । नेपालमा पनि आज क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी  ‘क्रिसमस’ पर्व मनाइरहेका छन् ।

अंग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर क्रिश्चियन धर्मालम्बीले क्रिसमस पर्व मनाउँदै आएका छन् । सन् ३५० देखि यो पर्व मनाउन सुरु भएको पाइन्छ । यस अवसरमा इसाई धर्मावलम्बीहरु चर्चमा भेला भएर जिसस क्राइस्टको पवित्र आत्माको प्रार्थना गर्छन् । इसाई धर्मगुरु जिसस क्राइस्टले मानव जातिको मुक्तिका लागि आहुति दिएको सम्झनामा क्रिसमस डे मनाउने गरिन्छ । ‘क्रिसमस डे’को अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीका लागि आज सार्वजनिक बिदा समेत दिएको छ । इसाई धर्मावलम्बीले खुसीयाली, उपहार र शुभकामना साटासाट गरी मनाउने यो पर्वको पूर्वसन्ध्यामा सोमबार र मंगलबार पाल्पाको तानसेनमा रौनक छाएको थियो । तानसेनका विभिन्न चर्चहरुमा क्रिसमस इभ लक्षित विभिन्न कार्यक्रम समेत आयोजना गरिएका थिए । डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस मनाउन अघिल्लो दिन राति ‘क्रिसमस इभ’ मनाउने चलन छ । क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन् । रातो टोपी लगायतका सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरीरको पादरीले सबैलाई उपहार दिने र खुशी बाँड्ने छन् भन्ने विश्वास छ । सान्टा क्लसले उपहार दिने प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातिअबेरसम्म सुत्दैनन् । यसका साथै केही ब्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँड्दै, साँट्दै हिंड्ने गर्छ भने बालबालिका सान्टा क्लसको भेषमा रमाउने गर्छन् ।

किन मेरी क्रिसमस भनिन्छ ?
पहिलो कारण– येशुकी आमाको नाम मरियम थियो । उनलाई मदर मेरी पनि भनिन्छ । त्यसैले पनि सम्भवत क्रिसमसको शुभकामना दिन मेरी क्रिसमस भनिने गरिन्छ । दोस्रो कारण– अंग्रेजी भाषामा मेरी शब्दको अर्थ नै खुशी अर्थात् रमाइलो हुन्छ अर्थात् ह्याप्पी । त्यसैले क्रिसमसमा बधाई दिनका लागि ह्याप्पीको ठाउँमा मेरी शब्द प्रयोग गरिएको हो । १८ औं शताब्दीमा प्रख्यात बनेका साहित्यकार चार्लस डिकेन्सले आफ्नो किताब अ क्रिसमस केरोलमा सबैभन्दा बढी मेरी शब्दको प्रयोग गरेका थिए । त्यसपछि नै मेरी शब्दको प्रचलन बढेको बताइन्छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update