Shittalpati
सत्तामुखी मनोवृत्ति बदलौँ

पछिल्लो केही वर्ष यता नेपालको राजनीति सत्ता वरपरमै सिमित बन्न पुगेको छ । केही सिमित नेताहरुको हातमा राज्यसत्ता कब्जा छ । उनीहरु जनभावना अनुसार काम गर्नु पर्नेमा सत्ता हात पार्नमै लडिरहेका छन् । यिनीहरूमा द्वन्द, कलह, गुट, फुट र स्वार्थ हाबी छ । जनता साँढेको जुधाइ बाछाको मिचाइमा छन् । राज्यको ढंग र राजनीतिक दलहरूको कार्यशैली देख्दा आमजनता वाक्कदिक्क भएका छन् । तर पनि नेपाली जनताले कहिले नेपाली कांग्रेस, कहिले एमाले र कहिले माओवादीलाई मतदान गरी पालैपालो सत्तामा पु¥याएका छन् । जुन दल सत्तामा पुगे पनि जनताका लागि भने केही पनि गर्न नसक्नु दुःखद् हो । देश र जनताका पक्षमा काम गर्ने अठोटसहित निर्वाचनमा जनताको मत जितेर गए पनि सत्तामा पुगेपछि आफ्नो र आफ्ना कार्यकर्तालाई मात्रै हेर्ने मनोवृत्ति यद्यपी नेताहरुमा छ । त्यसो हुनु गलत हो ।  

राजनीतिक दलहरूमा तिक्तता, कुण्ठा, इष्र्या, आडम्बर, आग्रह, पूर्वाग्रह, गुट, फुट, विभाजन, भ्रष्टाचार, कमिसन, परिवारवाद हुँदै विदेशीको इसारामा नाँच्ने कठपुतलीको भूमिका रही कुशासक बन्नेबाहेक देश र जनताका लागि काम गरेको देखिँदैन । यिनीहरूले देशको शिक्षा, स्वास्थ्य, प्रशासन, बाटाघाटालगायतका हरेक क्षेत्र लथालिंग बनाएका छन् । महंगीले आकाश छोएको छ । युवाहरु जति विदेश पलायन भएका छन्,किसानले समयमै मल पाउँदैनन् । सत्तामुखी राजनीति गर्ने र आफ्नो दुनो सोझाउने बाहेक नेताहरुमा अरु कही देखिदैन । यस्तो प्रवृत्तिले देश बन्न सक्दैन । अहिलेको लोकतान्त्रिक व्यवस्था आफैमा खराब हैन तर देश चलाउने नेताहरुले नै यसको दुरुपयोग गर्दा यस्तो अवस्था सिर्जना भएको हो । नेताहरुको खराब मनोवृत्तिले निरंकुशता बढाउने निश्चित छ । अहिलेको अवस्थामा जनताको हितका लागि अधिकतम अभ्यास गर्नु बुद्धिमानी हुनेछ । यसका लागि नेताहरुको आचरण र मनोवृत्तिचाहिँ बदलिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update