Shittalpati
एमडिआरटी २०२५ का लागि पाल्पाबाट कला बस्याल चयन

पाल्पा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाबाट कला बस्याल एमडिआरटी २०२५ का लागि चयन भएकी छन् । कम्पनीको पाल्पा शाखाबाट बस्यालले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी हुन् ।

 समय सीमाको ४ दिन अगाडि नै आफ्नो व्यक्तिगत कोडमा प्रथम बिमाशुल्क ४७ लाख  पुर्‍याएकै कारण बस्याल एमडिआरटी २०२५ का लागि चयन हुन सफल भएकी पाल्पा शाखाका प्रमुख सुवास गैरेले  बताए । इमान्दारीता र लगनशीलताको प्रतिफल बस्यालले प्राप्त गरेकोमा पाल्पा शाखालाई थप उत्साह मिलेको प्रमुुख गैरेको भनाई छ । पाल्पा र स्याङ्जाबाट बीमा एजेन्सीको रुपमा काम गर्दै आएकी बस्याल बीमा व्यवसायमा लागेर छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल भएकी छन् । बीमा क्षेत्रमा लागेर छोटो अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएकोमा कतिपय बीमा कम्पनीहरुले नुमनाको रुपमा समेत बस्याललाई लिने गरेका छन् । विगत २ वर्षदेखी ईन्स्योरेन्स क्षेत्रमा लागेकी उनी हाल आफ्नो निजी व्यवसायसँगै बिमा क्षेत्रमा आवद्ध छिन् । एमडिआरटी छनोटमा परी बस्यालले प्राप्त गरेको उच्चसम्मानले कम्पनीका अन्य अभिकर्ता, एमडिआरटी सम्पूर्ण कर्मचारीहरूलाई थप उत्साह मिल्ने विश्वास लिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बताए ।

 के हो एमडिआरटी ?
एमडिआरटी एक अन्तराष्ट्रिय एजेन्सी संस्था हो । यो मिलियन डलरको राउन्ड टेबल समेत हो । एमडिआरटी १९२७ मा विश्वव्यापी रूपमा मान्यता प्राप्त विश्वको सबैभन्दा धेरै बिक्री हुने बीमा एजेन्टहरू र वित्तीय सेवा पेशेवरहरूको स्ट्यान्डअलोन संघको रूपमा स्थापना भएसंगै एमडिआरटी सदस्यतालाई जीवन बीमा र वित्तीय सेवा व्यवसायमा बिक्री उत्कृष्टताको सुनौलो मानकको रूपमा अन्तर्राष्ट्रिय रूपमा मान्यता दिइएको  छ । यो केवल विश्वको सबैभन्दा सफल वित्तीय सेवा प्रदायक एजेन्सीलाई  दिइन्छ ।  जसले क्लबको उत्कृष्ट र चुनौतिपूर्ण योग्यताहरू पूरा गर्दछ । नेपाल जस्तो हालको अवस्थामा एक एजेन्सीले असाधारण व्यावसायिक ज्ञान प्रदर्शन गर्ने, कडा नैतिक आचरण र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दा मात्र यो उपाधिको लागि योग्य हुन सक्दछ । यसबिच व्यवसाय र बिमा क्षेत्रका ग्राहकलाई उच्चतम सेवा प्रवाह गरे वापत बस्याल बर्ष–२०२५ एमडिआरटीको लागि चयन हुन सफल भएकी हुन् ।  यस अघि पनि पाल्पाबाटै तानसेनकी गीता कुमारी तिवारी एमडिआरटी २०२४ का लागि चयन भएकी थिइन् । उनले कम्पनीले दिएको समय सीमाको दुई महिना भित्रै प्रथम बिमा शुल्क ८२ लाख पुरा गरी एमडिआरटी बन्न सफल भएकी हुन् । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update