अभिषेक विश्वकर्मा
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका– १ चिलाङ्दीमा जारी पाल्पा महोत्सवमा पुुग्ने जो कोही दर्शकको नजर स्टल नम्वरमा ३१ मा पर्ने गरेको छ । स्टलमा रहेका सन्देशमूलक पर्चा, पम्लेट, ब्रोसरहरु पढ्न र हेर्ने दर्शकहरु त्यहाँ पुुग्ने गरेका छन् ।
शिक्षा, स्वास्थ्य, बालबालिका र युुवाहरुको क्षेत्रमा काम गर्दै आएको बगनासकाली युुवा संगमले महोत्सवमा आउने दर्शकहरुलाई विभिन्न विषयमा सचेतना जगाउने उद्देश्यले सन्देशमूूलक स्टल राखेको छ । जहाँ बालबिवाह, लैङ्गिक हिसांको अन्त्य गरौँ, जलवायू परिवर्तनका बारेमा बुझौँ, सार्वजनिक निःशुल्क शिक्षामा जोड दिऊ, वातावरण स्वच्छ राख्न सबैले तरकारी, फलफूलमा घरेलु जडिबुटिको प्रयोग गरी जैविक विषादीको प्रयोग गरौँ भन्ने सन्देशमूलक पर्चा, पम्लेट, ब्रोसरहरु राखिएको छ । स्टलमा पुुग्ने दर्शकहरुलाई संगमका युवाहरुले स्टलमा राखिएका कुराहरुको बारेमा जानकारी दिने र सिकाउने गरेका छन् । त्यहाँ पुुग्ने दर्शकहरुले उत्साहका साथ पढ्ने र बुुझ्ने प्रयास गरेको पाइन्छ ।
महोत्सवमा आउने दर्शकहरुका लागि उक्त स्टल निकै प्रभावकारी बनेको त्यहाँ पुुगेकी सामाजिक स्रोत विकास केन्द्र नेपाल पाल्पाकी कार्यक्रम अधिकृत लक्ष्मी पुरीले बताइन् । युुवा संगमका अभियन्ताहरुले लामो समयदेखि निःस्वार्थ रुपमा बालविवाहा, महिला हिंसाको अन्त्य गर्न सडक नाटक प्रद्र्धशन गर्ने, जलवाय परिवर्तन, न्यायका लागि प्रद्र्धशनी, शिक्षा, स्वास्थ्य सुधारका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छन् ।