Shittalpati
यामाहाले ल्यायो ‘ड्रिम इट, वन इट’ योजना

पाल्पा, यामाहा नेपालले ‘ड्रिम इट, वन इट’ योजना ल्याएको छ । उसले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना अन्तर्गत ‘ड्रिम इट, वन इट’ योजना ल्याएको हो ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई स्कुटर तथा मोटरसाइकल खरिद गर्दा सहुलियत दिएको छ  । उसले योजना अन्तर्गत ग्राहकहरूलाई केवल ७ दशमलव ९९ प्रतिशतको न्यून ब्याजदरमा  यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गरेको हो ।  यो सीमित अवधिको योजना डिसेम्बर २५देखि लागु भएको कम्पनीले जनाएको छ । यो योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरू सहित) उपलब्ध हुनेछ । ग्राहकहरूले कम्तिमा ४० प्रतिशत डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाहरूको फाइदा लिई सजिलैसँग यामाहालाई आफ्नो घर ल्याउन सक्ने छन् । साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको ई.एम.आई. योजना रोज्ने सुविधा प्रदान गर्दछ । यस योजनासँगै, यामाहा नेपालले ‘टेस्ट राइट एन्ड विन’ अभियान पनि ल्याएको छ । यस अभियान अन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउने छन् र लक्की ड्र मार्फत् आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ दीपक कुमार अग्रवालले यस योजनाको बारेमा खुसी व्यक्त गर्दै भने, ‘ड्रिम इट, वन इट’ वित्तीय योजना मार्फत् हामीले ग्राहकहरूका लागि यामाहा मोटरसाइकल र स्कुटरहरू अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ । 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update