Shittalpati
प्रेस युनियनद्वारा दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम

पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाले दुई दिने आधारभूत पत्रकारिता तथा सूचना प्रवाह सम्बन्धि तालिम तानसेनमा सञ्चालन गरेको छ । युनियनले तानसेन नगरपालिका –४ वडा कार्यलयको सहयोगमा तालिम  सञ्चालन गरेको हो ।

तालिमको सोमबार एक औपचारिक कार्यक्रमकाबिच  शुभारम्भ गरिएको छ । तानसेन नगरपालिकाका नगर प्र्रमुख सन्तोषलाल श्रेष्ठले तालिमको उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका श्रेष्ठले क्षमता अभिवृद्धिसँगै नेतृत्वमा विकास र  सत्य,तथ्य सूचना प्रवाहका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले नगरवासीहरुको क्षमता अभिवृद्धिसँगै उनीहरुलाई आयआर्जनमा जोड्ने गरी नगर सरकारको वार्षिक कार्यक्रमबाटै विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको बताए ।  विशिष्ट अतिथि तानसेन नगरपालिका–४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले तालिममा सहभागीलाई आफूले सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । उनले दुई दिनसम्म धर्यताका साथ तालिममा सहभागी हुन वडावासीहरुलाई  आग्रह पनि गरे ।

कार्यक्रममा  नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले पछिल्लो समय सूचनाहरु पहिचान गर्न नसक्दा समाजमा समस्या उत्पन्न भएको भन्दै सत्य, तथ्य सूचना पहिचान गर्न  तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । तालिमको पहिलो दिन नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा तालिम संयजोक माधव अर्यालले पत्रकारिता के हो ?, पत्रकारिताका सिद्धान्त, समाचार लेखन, खोजपत्रकारिता जस्ता विषयमा प्रशिक्षण दिएका थिए । युनियनकी अध्यक्ष मन गहिरेले महिला पत्रकार, चुनौति र नीतिगत अवस्थाका बारेमा प्रशिक्षण दिएकी थिइन् । तालिमको शुभारम्भ संयोजक अर्यालको अध्यक्षता, युनियनकी जिल्ला अध्यक्ष मन गहिरेको स्वागत, उपभोक्त समितिका सचिव तथा युनियनका उपाध्यक्ष विष्णु खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । तालिम मंगलबार सकिदै छ । तालिममा ३० जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update