Shittalpati
रसालीको ‘परदेशी मन’ कविता संग्रह विमोचन

पाल्पा,सामाजिक अभियन्ता तथा सञ्चारकर्मी राजु रसालीको कविता संग्रह ‘परदेशी मन’को तानसेनमा विमोचन भएको छ । संग्रहको एक औपचारिक कार्यक्रमकाबिच विमोचन गरिएको हो ।

दलित आन्दोलनका अगुवा सुर्य प्रकाश दर्नाल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, दलित पत्रकार संघका केन्द्रिय सदस्य मिलन विश्वकर्मा, संघका लुम्विनी प्रदेश उपाध्यक्ष कृष्ण दर्नाल, संघका जिल्ला अध्यक्ष विजय बौडेलले संयुक्तरुपमा कविता संग्रहको विमोचन गरेका हुन् ।

कविता संग्रहमा कवि रसालीका  ५१ ओटा कविता रहेका छन् ।  कविले  मातृभूूमी छोडेर परदेशी जीवन विताउँदाको पिडा, परदेशमा रहँदा मातृभूूमि, परिवार आफन्तको माया मोह, परदेशमा रहँदा गर्नुपर्ने संर्घष र पिडाका बारेमा चर्चा गरेका छन् । सचेतनाको अभावका कारण अझै पनि गाउँ–ठाउँमा छुवाछुत भइरहेको, मानिस मानिसविच पनि विभेद भएको, संविधान तथा सरकारबाट छुवाछुतको अन्त्य भए पनि व्यवहारमा अझै पनि विभेद कायमै रहेको, दलितको नाममा हुने विभेदका बारेमा  कवि रसालीले कवितामा उल्लेख गरेका छन् ।

विभेदमा अल्झिएको यर्थाथता, असमानता, विसंगति, विरुद्धका विषयहरु कवितामा कोरिएका छन् । कविता संग्रहमा मेरो देश, परदेश, हिमाल, मेरो गाउँ, मेरा बा, आमा, छोरा, मेरो झ्याल, तानसेन, म त कामी, लोकतन्त्र, गरिवी, गणतन्त्र, काठमाडौं, दलित आन्दोलन, आरन, दशै, हाम्रो घर, देश देखे, पुरानो भएछ घर, बन्द गरौं बलि, आमाको सम्झना, रहर, सपना, सहिद, नयाँ बर्ष, कोरिया, समय, रगत, पागलयात्री दुश्मन, ढाकाटोपी, जात मिल्दैन, आगो, धर्म र एयरपोर्ट जस्ता ५१ कविताहरु रहेको छन् ।  सबै कविताहरु जीवनको यर्थाथमा आधारित रहेर, मानिसको जीवन भोगाइ, घटनासँग जोडिएका विषयवस्तुमाा आधारित रहेर  लेखिएको कवि रसालीले बताए ।

 कविता संग्रह विमोचन कार्याक्रममा दलित अगुवा सुर्य प्रकाश दर्नाल,  नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेना, दलित पत्रकार संघका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, संघ लुम्बिनीका उपाध्यक्ष कृष्ण दर्नाल, साहित्यकार गणेश नेपाली लगायतले रसालीको कविता संग्रहले प्रदेशीएका युवाहरुको मन मष्तिस्कमा आउने भावनाहरुको प्रतिनिधित्व गरेको बताए ।  कविता विमोचन कार्यक्रममा वार एशोसियसन पाल्पाका पूर्व अध्यक्ष जोगबहादुर विश्वकर्मा, तीर्थ प्रसाद गौतम, दलितमुक्ति मोर्चाका केन्द्रीय सदस्य खुमबहादुर विश्वकर्मा, जिल्ला अध्यक्ष छवी गहतरात, उत्पीडित मुक्ति समाजका केन्द्रीय नेता ठाकुर लोहागनु, जिल्ला अध्यक्ष विनोद बुढाप्रिती, दलित संघ पाल्पाका नेता दलबहादुर राजपूत, दिनेश गन्धर्व, दलित नेता मानबहादुर रुचाल, बलबहादुर गन्र्धव, सपना सुनाम लगायतले परदेशीका मनहरुको बारेमा चर्चा गरेका थिए । कार्यक्रम दलित पत्रकार संघ पाल्पाका अध्यक्ष विजय बौडेलको अध्यक्षता र सचिव सन्तोष गहतराजको सञ्चालनमा भएको थियो । रसाली अध्ययनको लागि सन २०१५ देखी दक्षिण कोरियामा बस्दै आएका छन् । उनी विधावारधीको लागि अन्तिम तयारीमा जुटेका छन् । रसालीले संविधानमा दलित अधिकार स्थापनाको लागि तानसेनमा सञ्चालन गरेको जनउत्थान डोको पुस्तकालय, अभियान निकै चर्चामा रहेको थियो । उनी दलित पत्रिका परिवर्तनका सम्पादक, दलित अधिकारका लागि साझा अभियानका संस्थापक भएर काम गरेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update