Shittalpati
लोकतन्त्रलाई बलियो बनाऊ

पछिल्लो समय लोकतन्त्र कमजोर बनाउने खेलहरु भइरहेका छन् । यो अत्यन्त दुुखद् हो । नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आएको हो । शान्तिपूर्ण आन्दोलनबाट जनताले आफ्नो अधिकार प्राप्त गरे ।  लोकतन्त्रिक आन्दोलनको उपलब्धि संविधान सभा, संविधानसभाले बनाएको संविधान, गणतन्त्र, समावेशी प्रतिनिधित्व र राज्यको पुनसंरचना हो । तर गणतन्त्र घोषणा हुँदा जनतामा जुन उत्साह थियोे अहिले नेताप्रति आक्रोश छ ।

 राजनीतिक दलहरुले आपूm सत्तामा पुुग्ने भ¥याङ मात्र बनाउँदा लोकतन्त्र कमजोर बन्दै गएको हो । लोकतन्त्रका लागि संघर्ष गरेका राजनीतिक दलहरु बारम्बार सत्तामा पुगे पनि उनीहरुले देश र जनताको बृहत्तर हितमा काम गर्न सकेको देखिँदैन । त्यसैले राजनीतिक दलहरुको जसरी भए पनि चुनाव जितेर शासन गर्नु मात्रै उद्देश्य रहेको बुझ्न गाह्रो छैन् । स्वतन्त्रता, समानता, स्रोत र साधनको न्यायिक वितरण, समानुपातिक समावेशीजस्ता लोकतन्त्रका महत्वपूर्ण अवयवहरुलाई बेवास्ता गर्दै राजनीतिक दलहरु नितान्त दलगत र व्यक्तिगत लाभ लिन मात्र लागिरहेका छन् । मुलुकमा कानुन भए पनि कानुन सबैलाई बराबर लागू हुन सकेको छैन् । सरकारमा रहनेहरूले आफन्तहरूको हितमा मात्र काम गर्दै आएका छन् । अर्कोतर्फ भ्रष्टाचारले पूरै राज्य संयन्त्र आक्रान्त छ । यसको जराशक्ति उच्च तहसम्म फैलिइसकेको स्थिति छ । यदि यस्तै अवस्था रहने हो भने मुलुकको अवस्था झन् दयनीय हुनेछ । समग्रमा कानुनी राज कमजोर र अराजकता बलियो हुँदै गएको छ । आफैंले संघर्षले ल्याएको लोकतन्त्रलाई नै खतरा बनाउने आत्मघाती कदमबाट दलहरू पछाडि फर्किन जरुरी छ । राजनीतिलाई निष्ठा, इमान, विचार, आदर्श र आस्थाका आधारमा अगाडि नबढाउँदासम्म देश पछाडि फर्किन रोकिन्न ।

नेताहरूको असफलताका कारण जनताको बलिदानी संघर्षले ल्याएको लोकतान्त्रिक गणतन्त्रजस्तो उत्तम व्यवस्थामाथि प्रहार हुनुु राम्रो हैन । लोकतन्त्र स्थापना गर्न जसले योगदान गरेको छ उनीहरूको जीवनमा परिवर्तन नआएसम्म ब्यबस्था परिवर्तनले केही हुँदैन । जनताको अवस्था परिवर्तन गर्न सके मात्र लोकतन्त्र बलियो हुनेछ । तसर्थ लोकतान्त्रिक आन्दोलनमासँगै लडेका र लोकतन्त्रलाई बलियो बनाउन लागेका सबै शक्तिले सत्ता स्वार्थभन्दा माथि उठेर देश र जनताको निम्ति लाग्ने वाचा गरेमा लोकतन्त्र बलियो हुन्छ । 
 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update