सुनिल कार्की
पाल्पा,लुम्बिनी प्रदेशका सांसद एवं पूूर्व मन्त्री वीरबहादुर रानाले सहकारीलाई उत्पादन र उद्यमशिलतासँग जोड्नुुपर्ने बताएका छन् । कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाको तेस्रो वार्षिक साधारण सभा एंव दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद रानाले अहिलेको आवश्यकता उत्पादन र उद्यमशीलता रहेकाले सहकारीलाई त्यसतर्फ जोड्न सहकारी अभियान्ताहरुलाई आग्रह गरे । उनले हालै जारी भएको सहकारी अध्यादेशले सहकारीमा देखिएको निरासालाई आशामा बद्ल्न कोसेढुंगाा सवित हुने जिकिर समेत गरे । लोकतन्त्र बलियो हुन तल्लो तहका नागरिक हरेक हिसाबले सक्षम हुन आवश्यक रहेकाले त्यसको परिपुर्तिको लागि सहकारी नै प्रमुख माध्यम हुने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला सहकारी संघ पाल्पा उपाध्यक्ष शारदा नेपाल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, नेपाल घरेलु तथा साना उद्योग महासंघ पाल्पाका अध्यक्ष कमल ढकाल, तानसेन नगरपालिका–४ कि वडा सदस्य सीता बस्नेत, यूनाईटेड मिसन अस्पतालकी कार्यकारी निर्देशक डा.रचेल कारक, बुटवल स्थित सहकारीका सहजीकरण केन्द्रका फटिक केसी लगायतले सहकारीको मर्म र सिद्धान्न अनुसार अगाडि बढे सहकारीमा कुनै समस्या नआउने बताए । सहकारीका अध्यक्ष केशव राज ढकालले वार्षिक प्रतिवेदन, लेखा सुपेरिवेक्षण समितिका संयोजक राम प्रसाद ढकालले आम्दानी खर्चको विवरण प्रस्तुत गरे । सहकारीले विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको छ ।