Shittalpati
जिन्दगी

नरेश भण्डारी

हेक्लाङ १०, रामपुर न. पा ,पाल्पा

हाल बेलायत

भिरको बाटो भारी  बोकेर 

अघि बढे पो जिन्दगी

पल पल ढलेर फेरि उठे 

पो जिन्दगी

भेलमा बगेको  डुङ्गा  किनारामा

पुर्याए पो जिन्दगी

सत्तरीको उमेरमा  बुझ्ने कुरा पैतिसमै

बुझे पो जिन्दगी

च्यात्तिएको रहर सिलाउन

सके पो जिन्दगी

देउताको रूपमा  साथी  भएर

आए पो जिन्दगी

गलेकालाई  सेवा, अग्रजलाई सम्मान

दिन सके पो जिन्दगी

दुःख सबै सँग छ हाँसो खुसी बाड्न

सके पो जिन्दगी !!

 

 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update