Shittalpati
गाडी भाडा बढाउने मात्र हैन सुरक्षामा पनि ध्यान देऊ

सरकारले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा व्यापक वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा वृद्धि गरेको हो । सरकारले भाडा दर बढाउनुुको स्पष्ट कारण  खुुलाएको छैन् । भाडादर बढाउँदा न यातायात क्षेत्रमा कर बढेको छ न पेट्रोलियम पदार्थको मूल्य । बितेको लामोसमयदेखि पेट्रोलियम पदार्थको मूल्य करिबकरिब स्थिर नै छ । कहिले एक रुपैयाँ बढ्छ कहिले एक रुपैयाँ घट्छ । यसले यातायातका साधनमा त्यतिठूलो अन्तर पारेको देखिदैन ।  तर पनि सरकारले यात्रुवाहक सवारीसाधनमा साविकको भाडामा ३ दशमलव ३० प्रतिशत भाडा वृद्धि गरेको छ । यसले आम सर्वसाधारण नागरिक मर्कामा परेका छन् । 

नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा सहज रूपमा आवतजावतका लागि राज्यद्वारा यातायातका साधनमार्फत गरिने प्रभावकारी व्यवस्थापन प्रणाली नै सार्वजनिक यातायात हो । सार्वजनिक यातायातको सम्बन्ध देशको अर्थतन्त्र, समग्र विकास, शान्ति सुव्यवस्था र समृद्धिसँग अन्योन्याश्रित हुन्छ । सार्वजनिक यातायातको व्यवस्थापन राम्रो हुन सकेमा लगभग सबै क्षेत्रका पेसाकर्मी तथा व्यवसायीहरू आफ्नो कार्यचाप तथा व्यस्त दैनिकीबीच कार्यक्षेत्रमा खटिन सहज पहुँचको महसुस गर्छन् । नागरिकको दैनिकी, सुखदुःखको अवस्था र खुसीसँग सार्वजनिक यातायात सेवा प्रणालीको प्रभावकारिता प्रत्यक्ष रूपमा गाँसिन्छ । तर  नेपालको हकमा त्यसो हुन सकेको छैन् । यो अत्यन्त दुुखको कुरा हो । गाडी भाडा बढाउन सक्रियता देखाउने सरकार सवारी सुरक्षामा भने ध्यान दिएको पाइदैन । हरेक दुर्घटनामा नागरिकले अकालमै  ज्यान गुुुमाउनुु परेको छ । गन्तव्यसम्मको यात्राको सुनिश्चित हुन नसक्नु र अकालमा मृत्युवरण गर्नुपर्ने घटना आफैंमा दर्दनाक छन् । लापरवाही र हेलचेक््रयाइँपछि भएका दुर्घटनाबाट नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने पीडादायी अवस्था अन्त्यका लागि राज्यले सही कदम चाल्न ढिलाइ गर्नु हुँदैन । राज्यका संयन्त्रहरूको सक्रियता, जिम्मेवारी र जवाफदेहिताले नै सम्भावित दुर्घटना जोगाउन सकिन्छ । कहाँ के कमजोरी भइरहेको छ, यथाशीघ्र पहिचान गरी सोको निराकरणका लागि इमानदार प्रयत्नको खाँचो छ ।  यसर्थ सार्वजनिक यातायातमा भाडा वृद्धि गर्न तदारुकता देखाउने सरकारले अब सवारी सुरक्षातर्फ पनि ध्यान दिन जरुरी छ ।

 

 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update