पाल्पा,प्रेस चौतारी नेपाल पाल्पा शाखाले वार्षिक रुपमा वितरण गर्दै आएको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’बाट नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकमका पाल्पा संवाददाता कृष्ण पोखरेललाई पुुरस्कृत गरिएको छ । शाखाले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पोखरेललाई ‘प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कार’ बाट पुुरस्कृत गरेको हो ।
प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारु, पुरस्कारदाता तुलबहादुर अधिकारी, प्रेस चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्य र जिल्ला अध्यक्ष कृष्ण कार्की लगायतले उनलाई सम्मानपत्र र नगद रकमबाट सम्मान गरेका हुन् । पोखरेल विगत २ दशकदेखि पाल्पामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।
चौतारीले पोखरेलसहित अन्य ७ जना पत्रकारहरुलाई पनि पुरस्कृत गरेको छ । ओमबहादुर घर्तिमगरले स्थापना गरेको ‘भद्रबहादुर स्मृति पत्रकारिता पुरस्कार’ बाट नारायण न्यौपाने, रामबहादुर राउतले स्थापना गरेको ‘तुलसा÷तुल बहादुर स्मृति पत्रकारिता पुरस्कार’ बाट भुवन रायमाझी, द्धारिका प्रसाद नेपालले स्थापना गरेको ‘सितादेवी स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ बाट विजय वौडेल, विष्णु बहादुर कार्कीले स्थापना गरेको ‘गिता स्मृति पत्रकारिता पुरस्कार’ बाट दयाराज न्यौपाने, राजेश कुमार अर्यालले स्थापना गरेको ‘रेडियो पत्रकारिता पुरस्कार’बाट गुणवती के.सी, राजु प्रसाद श्रेष्ठले स्थापना गरेको ‘शेष कुमारी÷लोक कुमारी पत्रकारिता पुरस्कार’ बाट खेमराज पाण्डे र विनोद श्रेष्ठले स्थापना गरेको ‘पुतली देवी÷रुपनारायण स्मृति पत्रकारिता पुरस्कार’ बाट शोभाकान्त पाठक पुरस्कृत भएका छन् । प्रेस चौतारी पाल्पाले पत्रकारितामा निरन्तर सक्रिय रहेका पत्रकारहरुलाई बार्षिकरुपमा पुरस्कृत गर्दै आएको छ । यसैगरी चौतारीलाई संस्थागत रुपमा सहयोग गरेकोमा तानसेन नगरपालिकाका पूूर्व नगर प्रमुख अशोक कुमार शाही, पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा र रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीलाई सम्मान गरेको छ । यसैगरी पत्रकार महासंघमा निर्वाचित कमलराज तिमिल्सेनाको नेतृत्वमा निर्वाचित सबै पदाधिकारी, कार्यसमिति सदस्य र पाल्पाबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्यहरुलाई समेत सम्मान गरिएको छ ।
बधाई तथा सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले राम्रो काम र कर्म गरे सम्मान हुने अवसर सबैको आउने बताए । मन्त्री सारुले विचार आ–आफ्नो भए पनि समाचार निष्पक्ष, वस्तुनिष्ट, सन्तुलित हुनुपर्नेमा र गलतलाई, गलत हो भन्ने हिम्मत र शाहस पत्रकारमा हुनुपर्नेमा जोड दिए । प्रेस चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्यले प्रेस चौतारी पाल्पा शाखा देशकै नमुना शाखा भएको र सबैलाई बाटो देखाउने काम गरेको बताए । कार्यक्रममा प्रदेश सासद राजु प्रसाद श्रेष्ठले अहिले मिस इनफरमेसन, डिस इनफरमेसन र फेक इनफरमेसनको कारण राजनीतिक दलदेखी पत्रकारहरु सम्मलाई चुनौतीको विषय बनेको बताए । बरिष्ठ पत्रकार मेघराज शर्माले सबैले इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सबैपक्षले आत्म अनुशासनमा बसेर काम गरेमा देशले चाडै फड्को मार्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगर, नेकपा माओवादी केन्द्र्रका जिल्ला संयोजक राजेन्द्र वि.क., राष्ट्रिय स्वतन्त्र पार्टीका दिलिप घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, लुम्बिनी सञ्चार समन्वय परिषद्का अध्यक्ष यम गाहा मिलन, तानसेन नगरपालिकाका पूूर्व प्रमुख अशोक कुमार शाही, प्रेस चौतारी इन्चार्ज राजेश कुमार अर्याल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल लगायतले पुरस्कृत र सम्मानितहरुलाई बधाई दिदै सबैले आ–आफ्नो जिम्मेवारी भूूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, पुरस्कार छनोट समितिका संयोजक एव निवर्तमान अध्यक्ष राजेन्द्र लिगलको स्वागत , सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।