Shittalpati
अवैध लागूऔषध ओसार–पसार बढ्दो

पाल्पा, नेपालमा पछिल्लो समय लागूऔषध दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो छ । खास गरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारिक चिन्तनका कारण नेपालमा लागूपदार्थको दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो रहेको हो ।

देशका विभिन्न स्थानबाट एकै दिन अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, सुर्खेत, मोरङ, कञ्चनपुर, उदयपुर, कैलाली, झापाका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित वाणगंगा नगरपालिका–८ बोर्डगाउँका ३५ वर्षीय विकाश परियार र सोही नगरपालिका–४ दरखास्तका ३२ वर्षीय कमल सेनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.८ प ७४४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का ३३ वर्षीय हिमाल शाहीलाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।  ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ  । यस्तै मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित उदयपुर बेलका नगरपालिका–४ रामपुरका ४० वर्षीय सुरज खड्कालाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।  यस्तै कञ्चनपुर, भीमदत्त नगरपालिका–९ खल्लामा अवैध लागूऔषधसहित एक जनालाई प्रहरील पक्राउ गरेको छ ।  सोही ठाउँका ७७ वर्षीय डबल कठायतलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७९ ग्राम ५ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही नगरपालिका–१८ बस्ने २१ वर्षीय मोहन बस्नेतलाई प्रहरीले पक्राउ गरेको  छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले गड्डाचौकीबाट बजारतर्फ जाँदै गरेको म.१ ह १३०५ नम्बरको अटोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस्तै उदयपुर बेलका नगरपालिका–८ सिर्वानीबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब ३ किलोग्राम गाँजासहित भोजपुर आमचोक गाउँपालिका–१ वासिङथर्पुका २५ वर्षीय दाजु· शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले मायु·टारबाट ईटहरीतर्फ जाँदै गरेको को.१ ज ३४९९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक शेर्पालाई पक्राउ गरेको हो । यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ शिशा पोष्ट नजिकबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१३ का २० वर्षीय रमेश रानालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका–३ का २९ वर्षीय गोबिन्द सिहं महरालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ ।  खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ६० मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका–१३ बस्ने ३० वर्षीय सनम राईलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update