Shittalpati
लामिछानेविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता

बुटवल, सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार मुद्दा दर्ता गरेको हो ।

लामिछानेसहित छविलाल जोशी र पुरक अभियोगका १४ र सुरु मुद्दाका २८ सहित ४२ जनाविरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता भएको जनाइएको छ । रवि, छवि र लक्ष्मी पौडेलसहितलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो माग गरिएको पूरक अभियोजन आइतबार दर्ता भएको हो । त्यस्तै यसअघि नै दर्ता भएका २८ जनामध्ये १७ जनालाई थप कसुर र थप बिगो माग गरिएको मुद्दा पनि दर्ता भएको छ । रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । सहकारीको रकम अपचलन सम्बन्धमा यसअघि लामिछाने गृहमन्त्री भएको बेला एक हजार आठ सय ३१ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ अपचलन गरेको दाबी २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा भएका हु्न् ।  

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update