Shittalpati
‘अनुसन्धान तथा प्रतिष्ठान’ विधेयक माथि छलफल

दाङ, लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । लुम्बिनी प्रदेशसभाको जारी अधिवेशनको मंगलबारको बैठकमा उक्त विधेयक माथि छलफल भएको हो ।  

विधेयक सोमबारको बैठकमा पेस भएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले बैठकमा सैद्धान्तिक छलफलका लागि विधेयक प्रस्तुत गरेका थिए । विधेयक माथिको छलफलमा प्रदेशसभा सदस्य यमुना रोका तामाङ, यमबहादुर सार्की र भुवनेश्वर चौधरीले सहभागिता जनाएका थिए । २३ वटा दफा रहेको विधेयकमाथि छलफल गर्दै प्रदेशमा कार्यरत कर्मचारीलाई मात्र नभएर निर्वाचित जनप्रतिनिधिलाई पनि विभिन्न विषय सवाल र प्रक्रियामा प्रशिक्षण दिनु जरुरी रहेकाले विधेयक अति आवश्यक भएको बताएका थिए । प्रदेशसभा सदस्यहरुको जवाफ दिंदै मन्त्री सरोज थापाले प्रदेशसभा सदस्यले दिएका सुझाव विधेयक संशोधनका बेला सम्बोधन गर्ने बताए । प्रदेशसभाको बैठक आज बुधबार पनि बस्नेछ ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update