Shittalpati
भूमि समस्या समाधान आयोग पाल्पाका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

पाल्पा, भूमि समस्या समाधान आयोग पाल्पाका अध्यक्ष रामबहादुर कार्कीले पदभार ग्रहण  गरेका छन् । अध्यक्ष कार्कीले एक औपचारिक कार्यक्रमकाबिच पदभार ग्रहण गरेका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले  कार्कीलाई केही दिन अघि जिल्ला अध्यक्षको रुपमा नियुक्त गरेका थिए । पदभार ग्रहण पश्चात उनले जिल्लामा भएका भूमिसम्बन्धी समस्या, भूमिहिन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या समाधानका लागि इमान्दारपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

अध्यक्षमा नियुक्त भएका कार्की नेपाली काँग्रेसमा लामो समयदेखि अनवरतरुपमा सक्रिय छन् । उनी  नेपाली काँग्रेस  पाल्पा क्षेत्र नं .२ का पूर्व क्षेत्रिय सभापति र रैनादेवी छहरा गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन् ।   

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update