Shittalpati
पाल्पा जेसीजमा नयाँ नेतृत्व : वर्ष ०२४ ले गर्‍यो पद हस्तान्तरण

पाल्पा, पाल्पा जेसीजमा सामाजिक व्यक्तित्व तथा युवा व्यसायी जेसी विवेक काजी शाक्यको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । वर्ष २०२५ का लागि शाक्यको अध्यक्षमा नयाँ समिति चयन भएको हो ।

समिति चयनसँगै जेसीजको ४४ औं पद हस्तान्तरण गरिएको छ । वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीले वर्ष २०२५ का अध्यक्ष शाक्यलाई पद हस्तान्तरण गरेका हुन् । अध्यक्ष शाक्यसहित अन्य पदाधिकारी तथा सदस्यहरुले पनि पदभार ग्रहण गरेका छन् । तानसेनमा एक औपचारिक कार्यक्रमकाबिच २०२४ को समितिले २०२५ का नयाँ समितिलाई पद हस्तान्तरण गरेको हो । २०२५ का लागि निवर्तमान अध्यक्षमा जेसी अर्जुन कार्की, कानुनी सल्लाहाकारमा  जेसी महेश खनाल, कार्यकारिणी उपाध्यक्षमा जेसी विजय कार्की, जेसी सुनिल चापागाई, महासचिवमा जेसी  गणेश पन्थी, कोषाध्यक्ष जेसी सतिशराज शाक्य, उपाध्यक्षहरुमा जेसी कला दाहाल, जेसी बिक्रम सिंह, जेसी सुमन बस्याल, जेसी करन चित्रकार, सचिवमा जेसी प्रकाश कार्की र जनसम्पर्क अधिकारीमा जेसी दुष्यान्त भण्डारी, सह कोषाध्यक्षमा जेसी दिपेन्द्र बराल, तालिम संयोक जेसी सुनिल पंगेनी, प्रकरण निर्देशक जेसी निजमदिन मियाँ र शाखा सम्पादकमा जेसी बालकृष्ण बस्याल चयन भएको निर्वाचन आयुक्त मदन गाहाले जानकारी दिए । पद ग्रहण गरेसँगै नवनियुक्त अध्यक्ष शाक्यले पाल्पा जेसीजले वर्ष २०२५ का लागि युवा लक्षित कार्यक्रम गरिने बताए । उनले स्थानीयसँग समन्वय गरी युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ काम गर्ने उल्लेख गरे । अध्यक्ष कार्कीले युवाहरूको साथ लिएर समाज विकास र जेसीजको नयाँ उचाइलाई थप सशक्त पार्दै इँट्टा थप्ने बताए । कार्यक्रममा जेसीजले तयको प्रकरणलाई प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले अनावरण गरेका हुन् ।

थिम अनावरण गर्दै सांसद रानाले कार्की नेतृत्वको नयाँ समितिलाई बधाई तथा वर्ष २०२४ का अध्यक्ष कार्की नेतृत्वको समितिलाई हार्दिक आभार व्यक्त गरे । उनले समाज र मुलुकमा देखिएका विकृति, विसंगतीका विरुद्ध सशक्त ढंगले लाग्न समेत नयाँ नेतृत्वलाई  आग्रह गरे । सांसद् रानाले अहिलेको व्यवस्थामााथि प्रहार भइरहेकाले युवाहरुको बलिदानीबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बचाई राख्न समेत जेसीजमा आवद्ध युवाहरु लाग्ने बेला आएको धारणा व्यक्त गरे । उनले भने‘ अब जेसीजले फरक ढंगबाट रचनात्मक शैली अपनाएर अगाडि बढ्नुको विकल्प छैन् ।’ कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्की, नेपाल जेसीजका वर्ष २०२५ का राष्ट्रिय कार्यकारी उपाध्यक्ष सौरव श्रेष्ठ, पाल्पा शाखाको मातृ शाखा सिद्धार्थ नेपाल जेसिसका अध्यक्ष अर्जुन केसी, जेसीज पाल्पाका संस्थापक अध्यक्ष छत्रराज शाक्य, शाखाका पूर्व अध्यक्ष बुद्धिप्रसाद शर्मा लगायतले अर्जुन कार्की नेतृत्वले ऐतिहासिक र रचनात्मक काम गरेको भन्दै नयाँ समितिले पनि सोही अनुसार सक्रिय भएर काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरे । वर्ष २०२४ का अध्यक्ष जेसी अर्जुन कार्कीले आफ्नो टिमले सिमित स्रोत साधानको बावजूूद पनि थुुप्रै काम गर्न सफल भएको बताए । नव निर्वाचित अध्यक्ष विवेककाजी शाक्यको धन्यवाद, महासचिव गणेश पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो । वर्ष २०२४ को नेतृत्वले विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने र चिया उद्यमी कमला सारुलाई सम्मान समेत गरेको थियो ।  नव निर्वाचित अध्यक्ष शाक्यले पदभार ग्रहण गरेसँगै चिया उद्यमी सारुको छोरीलाई दाताको सहयोगमा कक्षा १० सम्म अध्ययन गर्न पूर्ण छात्रावृत्तिको व्यवस्था गर्ने  उद्घोष गरेका छन् ।

 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update