Shittalpati
अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै

पाल्पा, अन्तर्राष्ट्रिय भन्सार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

आज अर्थ मन्त्रालय तथा भन्सार विभागले विविध जानकारीमुलक कार्यक्रम गर्दैछन् । भन्सार प्रशासनलाई व्यवस्थित र व्यवसायिक बनाउन भन्सार कार्यलयमा डिजिटलाइज  प्रणाली लागू गर्ने,  एकद्धार प्रणलीको विकास तथा सूचना प्रणालीमा आधारित विभिन्न उपप्रणालीको  विकास  र कार्यन्वयन गर्ने तथा भन्सार कार्यलयको प्रत्यक्ष अनुगमन लगायतको कार्य अघि बढाउने भन्सार विभागले जनाएको छ । पछिल्लो समय भन्सारमा मौलाउँदै गएको भष्ट्राचार निरुत्साहित गर्न समेत विभागले थप रणनिति बनाउने जनाएको छ । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्न आवश्यक ठानेर नै यो दिवस मनाउन थालेको हो । भन्सार प्रशासन कार्यलाई राजस्व संकलनमा मात्र सिमित नराखी मुलुकको समग्र आर्थिक विकासका लागि सहज व्यवसायिक वातावरण निर्माण गर्नमा यो दिवसले महत्वपूर्ण टेवा पुर्‍याउने गर्दछ । 

पछिल्लो समय भन्सारमा मौलाउँदै गएको भष्ट्राचार निरुत्साहित गर्न सरकार उदासिन रहेको छ ।  जसका कामरण भन्सार छली गर्ने क्रम समेत बढेको छ । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका ट्रक समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको पाइन्छ । दैनिक रुपमा सयौंको संख्यामा भन्सार छली हुँदासम्म सरकार र सम्बन्धित निकाय मौन हुने गर्दछन् । राजस्व छली महाअपराध हो । आफ्नै देशलाई ठगेर कमाइएको पैसाले त्यस्ता व्यक्तिको अतीत हुने निश्चित छ । तर, पनि राजस्वमा हुने छली रोकिनुको साटो बढ्नु अझै दुर्भाग्यपूर्ण छ । यस्ता गतिविधिमाथि छानविन र कारवाही हुन सकिरहेको छैन ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update