Shittalpati
ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले  फेरियो मेटेराको मुहार

दाङ, तुलसीपुर उपमहानगरपालिका– १४  मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन् । उनले तोरी , चना , केराउ खेतीबाट प्रशस्त आम्दानी गर्नुभएको छ । लिफ्ट सिँचाइले  उनि सफल किसान बनेका हुन् । 

“ पहिले नौ बिघा जमिनमा  तोरी, चना र केराउखेती गरे पनि  उत्पादन कम हुन्थ्यो  तर अहिले  पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ । लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो”, उत्पादन वृद्धिको रहस्य सुनाउँदै उनले भने । उनले पाँच बिघामा तोरी  र बाँकी भूमिमा  केराउ तथा चनाखेती गरेका छन् । उनि बेमौसमी सागसब्जी लगाउने योजनामा छन् । कृषि उपज बेचेर बितेको याममा आफूले रु पाँच लाख बचत गरेको उनले बताए । उनि कृषि औजरको भरपूर उपयोग गर्ने किसानका रुपमा पनि मटेरामा परिचित छन् । पूर्ववडासदस्य उहाँ हिजोआज राजनीतिबाट अलग हुनुहुन्छ । यद्यपि सामाजिक काममा गाउँलले उनलाई नै सम्झन्छन् । मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैँ खेती हुने गरेको छ । साजसब्जी फलाउने गाउँका रुपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ । यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले  तोरी तथा  सागसब्जी बेचेर आर्थिक रुपमा आफू आत्मनिर्भर भएको बताएका छन् । उनले तीन बिघामा तोरी र तीन बिघामा सागसब्जी रोपेका छन् । उनि आफ्ना उत्पादन स्वयं बजार पुर्याउन्छन् र आफै बेच्न्छन् । टमाटर र काउली र  धनियाँ बिक्री गरेर   रु डेढ लाख आम्दानी गरेको उनले राससलाई बताए । तोरी बेचेर अर्को रु तीन लाख ५० हजार बचत गरेको उनले आल्हादित हुँदै सुनाए । सबै खर्च कटाएर त्यति मुनाफा आर्जन भएको हो । थाप्लामा भारी बोकेर सागसब्जी बेच्नुपर्ने बाध्यता नभएकामा उनि मक्ख छन् । 

मोटरमा कृषि उपज बजारसम्म लैजाने उनिमात्र छैन्नन् उनका छिमेकी पनि उत्तिकै परिश्रम गर्छन् जसले उनीहरुलाई आर्थिक रुपमा सबल बनाएको छ । मेटेरा गाउँका एक सय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषिकर्म गरिरहेका छन् । एक करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो । यसैबीच, लुम्बिनी प्रदेश सरकारले  मटेरा र लुहाडबरा गाउँलाई  ‘स्मार्ट’कृषि गाउँ घोषणा  किसानलाई  तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण  गरी व्यावसायिक रुपमा कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको छ । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update