Shittalpati
सिमसार जोगाउन जुटौँ

जहाँ छिपछिपे पानी हुन्छ, दलदल हुन्छ, धाप हुन्छ त्यो सिमसार हो । पानीको शुद्धीकरणको मामलामा सिमसारलाई मानिसको शरीरको मिर्गाैलासँग दाँजिन्छ । सिमसार मानिसका लागि र स्वयं पृथ्वीको जीवनका लागि पनि अदभुत रूपमा महत्वपूर्ण ठाउँ हो । विज्ञहरू सिमसारलाई धर्तीको मिर्गाैला भन्छन् । यसैबाट स्पष्ट हुन्छ कि जसरी मिर्गाैला फेल भएपछि मानिसको जीवन जटिल बन्छ, त्यसरी नै सिमसार बिग्रे धर्तीको सन्तुलन खल्बलिन्छ । जसै मानिस आफ्नो स्वास्थ्यमा ख्याल नगरी समस्या आएपछि मात्रै होसमा आउँछन्, धर्तीका हकमा पनि त्यस्तै हुन्छ । पारिस्थितिकीय प्रणालीका सेवाहरू उपलब्ध गराउनुमा सिमसारको भूमिका उत्तिकै महत्वपूर्ण मानिन्छ । तर सिमसार क्षेत्रको संरक्षण, बुद्धिमतापूर्ण उपयोग र व्यवस्थापनका लागि निर्दिष्ट कानुन अझै बन्न सकेको छैन । जसका कारण सिमसार क्षेत्र नासिदै गएका छन् । अमानवीय गतिविधिले गर्दा सिमसार क्षेत्रहरू विभिन्न समस्याको चपेटामा परिरहेका छन् । सिमसार क्षेत्रमा विसर्जन गरिएका सहरी ढल, कलकारखानाबाट उत्पादित रासायनिक पदार्थ र जथाभावीरूपमा फालिने फोहोरले त्यहाँको वातावरण र पारिस्थितिकीय प्रणालीलाई नै दुर्गन्धित र अस्वस्थ बनाएको छ । कैयन् सिमसार क्षेत्रहरूको अझै पनि स्पष्ट सिमाना निर्धारण गर्न नसकिएका कारण मानिसले उक्त स्थानहरूको अतिक्रमण गरी घर/टहरा बनाउने र खेतीपाती गर्ने गरेका छन् । जसका कारण सिमसार क्षेत्रहरू नासिदै गएका छन् । यो  अत्यन्त दुःखको कुरा हो । विश्वमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष फ्रेब्रुअरी २ का दिन विश्व सिमसार दिवस मनाइने गरिन्छ ।

 आज पनि हरेक वर्ष जस्तै विविध कार्यक्रम गरी मनाइँदै छ । तर दिवस मनाइँदै गर्दा सिमसार संरक्षणमा कसैको पनि ध्यान  पुग्न सकेको छैन । मुलुकभर रहेका सिमसार क्षेत्रहरुको पूर्ण विवरण संकलन गरी प्राथमिकता र सम्भाव्यता अनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगका लागि सम्बन्धित सबै निकाय सक्रिय हुन अत्यावश्यक छ । सिमसार क्षेत्रको व्यापक महत्व र उपयोगितालाई आत्मसात गर्दै यसको संरक्षण र संवद्र्धनमा यथोचित ध्यान दिनुपर्छ । मुलुकभर रहेका सिमसार क्षेत्रहरुको पूर्ण विवरण संकलन गरी प्राथमिकता र सम्भाव्यता अनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगका लागि सक्रिय हुन आवश्यक छ । यसर्थ दिवसका अवसरमा सिमसार क्षेत्रको व्यापक महत्व र उपयोगितालाई आत्मसात गर्दै यसको संरक्षण र संवद्र्धनमा  सबै आ–आफ्नो ठाउँबाट जुुटौं ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update