Shittalpati
मासिँदै सिमसार, हराउँदै जलपन्छी

पाल्पा, जिल्लाका विभिन्न ठाउँमा रहेका सिमसार क्षेत्रहरू मासिँदै गएका छन् । अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायत कारण सिमसार क्षेत्रहरू मासिँदै गएका हुन् ।

जिल्लाको अन्न भण्डार भनिने माडी र झडेवा फाँटको दलदल जमिन ठूलो प्राकृतिक सिमसार क्षेत्र तिनाउ नदीको मुहान हो । प्रभासमा रहेको कमल पोखरी, पाल्पाकै उच्च पहाडी भागमा रहेको सत्यवती ताल र जिल्लाको पूर्वी केन्द्र रामपुरमा रहेको ताल पोखरा जिल्लाका मुख्य सिमसार क्षेत्र हुन् । यहाँ साना–ठूला अन्य सिमसारहरु पनि छन् । तर पछिल्लो समय अधिकांंस सिमसारहरु विभिन्न समस्याको चपेटामा परिरहेका छन् । सिमसार क्षेत्रमा विसर्जन गरिएका सहरी ढल, जथाभावीरूपमा फालिने फोहोरले त्यहाँको वातावरण र पारिस्थितिकीय प्रणालीलाई नै दुर्गन्धित र अस्वस्थ बनाएको छ । सिमसार क्षेत्र मासिँदै गएपछि बासस्थान तथा आहाराको खोजीका लागि आउने जलचरहरु पनि हराउन थालेका छन् ।

एक दशक अघि सम्म जिल्लाका विभिन्न सिमसार क्षेत्रहरुमा हजारौंको संख्यामा हाँस प्रजातिका सेतो बकुल्ला देखिन्थे । खोला तथा सिमसार क्षेत्र खेतमा पाइने माछालाई प्रमुख आहारा बनाउने बकुल्ला पछिल्ला समयमा देखिन छाडेका स्थानीयहरु बताउँछन् । जब बेलुकाको समय हुन्छ आफ्नो आहारा खोजेर टाढा टाढाबाट बासमा फर्किदा हुलै सित लाइनबद्ध भएर आउँदाको दृश्यले मालचराको झल्को नै दिन्थ्यो । तर पछिल्लो समय तिनीहरु एकाएक कहाँ गए कसैलाई थाहा छैन् । पहिले–पहिले पाल्पाका माडीफाँट, अर्गली, रामपुर पुर्वखोला जस्ता फाँटमा मात्र नभएर साना–साना खोलाका किनारामा भएका खेतहरुमा पनि लहरै आहारा ढुकेर बकुल्ला बसेको देखिन्थे । बर, पिपल, स्वामी, सिमल जस्ता अग्ला अग्ला रुखहरुमा सेताम्ये देखिने पंक्षी एकाएक हराउँदै जादा आफुहरु अचम्मित भएको माडीका लेखनाथ भण्डारी बताउन्छन् । आहारा र बासस्थानको समस्याका कारण ति पन्छीहरु हराउन पुगेकाले तिनीहरुको खोजी गर्नुपर्ने उनको भनाई  छ । बकुल्लाले पानीभित्र माछा तथा सिस्यानमा बस्ने भ्यागुता, गंगटा, साना –साना सर्पहरुको शिकार गर्ने गर्छन् । जब खेतमा धान रोप्ने समयदेखि धान काट्ने समय सम्म खेत सेताम्ये देखा पर्दा जो कोहीको मन पनि आनन्दित हुन्छ । यसरी देखा परेका बकुल्लाहरु किन र कसरी हराउँदै गए भन्ने विषयमा सरकारी तहबाटै खोजिनुपर्ने तानसेन दमकमडा निवासी पत्रकार प्रकाश नेपालले बताए । माडीका फाँटहरुमा प्रसस्त मात्रमा देखिने बकुल्लाहरु  देख्न  छाडिएको उनको भनाई छ । पहिले–पहिले यहाँका सिमलका रुखहरु कुनै खाली नै थिएन । सबैमा सेताम्य भएर बास बसेको देखिन्थ्यो । यी एकाएक हराएको धेरै भएको छैन । सिमसार क्षेत्रमा विसर्जन गरिएका सहरी ढल, जथाभावीरूपमा फालिने फोहोरका कारण सिमसार संकटमा  परेकाले आहारामा कमी आएकोले एक एक गरी संख्यामा कमी आउँदै गएको पत्रकार नेपालको भनाई छ ।

पाल्पामा मात्र होइन देशभर नै जलपन्छीहरु हराउँदै गएका छन् । दलदल सिम, घोल, ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदान जस्ता सिमसारमा जलपन्छी आश्रित  हुने गर्दछन् । तर सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावट, ढल तथा मेलापर्वका सामान विसर्जन, बाÞय तथा मिचाहा प्रजातिको संक्रमण, भू–क्षय र वरपरबाट बगेर आउने भलसँगै ढु·ा, बालुवा, पाँगो माटो थुप्रिनुका साथै पछिल्ला दिनमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवद्र्धनका नाममा तालतलैयामा डु·ा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोज जस्ता पर्यावरण प्रतिकूल क्रियाकलापले सिमसारको गुणस्तर र आयु छोट्याइदिएको छ । यसको प्रत्यक्ष असर जलपन्छीमा परेको हो । जिल्लामा सिमसारको संख्या र बहुप्रयोगको सम्भावना भएपनि यहाँका स्थानीय सरकारबाट अहिलेसम्म सिमसारको अभिलेखीकरण, संरक्षण, व्यवस्थापन र उपयोगका योजनाहरु आउन सकेका छैनन् । हरेक वर्षका नीति कार्यक्रममा गाउँ र वनमा पोखरी खन्ने कुराहरु आउने गरेका छन् । तर उनीहरुले अहिलेसम्म सिमसार सम्बन्धी नीति, निर्देशिका र कानून निर्माण गरेको छैन् ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update