Shittalpati
भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

पाल्पा, लुम्बिनी प्रदेशमा  भोली (सोमबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो । 

मन्त्रालय वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले जारी गरेको सूचनामा मन्त्रिपरिषद्को निर्णय अनुसार सोमबार बिदा दिएको उल्लेख गरिएको छ ।  २०८० ÷१२÷२० गते बसेको मन्त्रिपरिषद्को बैंठकको निर्णय अनुसार विदा दिइएको जनाइएको हो ।

वि.सं.२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक प्रदेशको अस्थायी राजधानी बुटवलमा बसेको थियो । सोही दिनको सम्झनामा प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।

प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैछ । प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न थालिएको हो । बाजागाजा सहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिने छन् । यसैगरी स्थापना दिवसलाई भब्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीन दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावलीगरी मनाउने कार्यक्रम रहेको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । प्रदेश सरकारले दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।

 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update